Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र १२ गते आइतबारको राशीफल।

  •   ४ वर्ष अघि | १२ चैत्र २०७९, आइतवार

शुभ बिहानी, चैत्र १२ गते चैत शुक्ल पञ्चमी तिथी आईतबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुन सक्ने समय छ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढेर जाला। अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्ला।

वृष – आज तपाईको रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ। घरमा पाहुनाको आगमन हुने योग छ।

मिथुन – तपाईलाई आजको दिनमा अल्छीपन र आलस्य हुनाले आँटेको काममा सफलता नमिल्न सक्छ। आर्थिक कारोबारमा विवाद आउन सक्छ। खानपिनमा सचेत रहनु आवश्यक छ।

कर्कट - कर्कट राशी हुनेहरुको आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने देखिन्छ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ होला। कार्यमा सफलता पनि पाइने योग छ।

सिंह –तपाईको आज आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुने छ। वैदेशिक क्षेत्रको कार्य अघि बढेर जाला। विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ।

कन्या –   आज कन्या राशीका तपइहरुलाई साथीभाइको सहयोगले हिम्मत दिने छ। धार्मिक तथा समाजसेवामा मन जानेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग रहेको छ।

तुला – आज तपाइले सानातिना समस्यामा अल्झनुपर्नेछ। पाचनप्रणालीमा समस्या आउनसक्छ। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती कार्य गर्न पुगिएला।

वृश्चिक - आज तपाईलाई विशिष्ट व्यक्तिको साथ मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा हुनसक्छ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने योग छ। परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ।

धनु – आज तपाइलाई न्यायिक कार्यमा सफलता मिल्नेछ। अरुलाई प्रभावित पारेर काम बनाउनु होला। परिवारमा रमाइलो जमघट हुने र अभिभावकले सन्तुष्टि जनाउने छन्।

मकर - मकर राशीका तपाईको आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ भने मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त होला।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज निर्णय कार्यान्वयन हुन गारो हुन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ सचेत रहनु होला। जोशजाँगर र आत्मबलमा पनि कमी आउनेछ।

मिन – तपाईको आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ। भौतिक सुख पनि प्राप्त होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप