Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज ११ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | ११ असोज २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल असोज ११ गते, भदौ शुक्ल चतुर्दशी तिथी बिहिबार । आज ईन्द्र जात्रा । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज श्रमको उचित मूल्याङ्कन होला, अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। आय आर्जनमा सुधार आउनुका साथै वैदेशिक क्षेत्रको काम पनि अघि बढेर जानेछ।

वृष – तपाइलाई आज मानसिक शान्ति मिल्ला, आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छन। रोकिएको धन पाइने र राजनीति अधिकारमा सफलता मिल्नेछ।

मिथुन - तपाई आज विद्या र बुद्धिको विकास होला, पदोन्नतिको सम्भावना प्रबल रहेको छ। शुभ कार्यको चर्चा हुने र राज्यबाट साथ, सहयोग पाइनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज पारिवारिक प्रेम पनि बढ्नेछ, फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष नै रहला।  तर परिश्रमअनुसार सफलता मिल्न समय लाग्ने देखिन्छ।

सिंह – तपाईको आज सामाजिक सद्भाव र रमाइलो यात्रा हुने, कार्य सम्पादनमा सहजता हुने र साथीभाइको विशेष सहयोग मिल्ने योग छ।

कन्या - कन्या राशीका तपाईको आज प्राविधिक क्षेत्रको काम अघि बढी श्रमको उचित मूल्याङ्कन होला। स्वादिष्ट भोजन र व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्न सक्छ।

तुला - तपाइको आज स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ, भाग्यले विभिन्न अवसर दिनेछ। रोकिएका अधुरा कामहरू पुरा हुने र नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ।

वृश्चिक – तपाईको आज पारिवारिक समस्या आइपर्न सक्छ सामान हराउने वा चोरी हुने भय पनि रहेको छ। वैदेशिक क्षेत्र कमजोर रहने हुँदा विचार गरेर निर्णय लिनु उचित होला।

धनु – तपाइको आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने, अचल सम्पत्ति हात पर्ने, धर्मकर्म तथा समाजसेवामा मन लाग्ने र प्रेमीको सहयोग पाइने योग छ।

मकर - मकर राशीका तपाइको आज लाभदायक यात्रा होला, कला, साहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ। व्यापार व्यवसायमा सफलता पाइने र आँटेको कार्य पुरा हुने देखिन्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज दिनको उत्तरार्ध बढी सुखद् रहनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने, विशिष्ट व्यक्तिको सहयोग पाइने र अरुको मन जित्न वेला छ।

मिन – तपाइको आज खर्चिलो यात्रा हुनसक्छ, झुटा आरोप आइपर्दा समस्या आउनेछ। सरकारी निकायको भय रहीरहला। व्यवसायमा मन्दी पनि आउनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप