Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र २० गते सोमबारको राशीफल।

  •   ४ वर्ष अघि | २० चैत्र २०७९, सोमवार

शुभ बिहानी, चैत्र २० गते चैत शुक्ल त्रयोदशी तिथी सोमबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज प्रणयसम्बन्ध बढ्ने छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइएला। कार्य सम्पादनमा सहजता पनि मिल्ने देखिन्छ।

वृष –तपाईको आज बाहिरी खानपान तथा मनोरञ्जनमा समय छ। यात्रा कष्टकर हुनसक्छ सचेत रहनु होला, आफन्तसँग भेटघाट पनि हुने समय छ।

मिथुन – तपाईले आज अध्ययनमा रुचि बढ्नु साथै यात्राका योग पनि रहेको छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ भने महिला वा मित्रबाट विशेष सहयोग प्राप्त हुन सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुलाई आज शुभकार्यको चर्चा चल्नु का साथै श्रमको उचित मूल्याङ्कन हुने योग छ। शुभ कार्यमा सरिक भइने र आँटेको र ताकेको कार्य पनि पुरा हुने समय रहेको छ।

सिंह –तपाईको आजको अधुरो काम पूरा हुनेछ भने व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ। महिला वर्गबाट विशेष सहयोग मिल्ने समय छ। वैदेशिक कार्य अघि बढेर जाला।

कन्या –   आज कन्या राशीका तपाईको अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने हुन्छ। झैझमेलाको अवस्था आउन सक्छ। फलदायी यात्रा नहोला, तर सांस्कृतिक क्षेत्रमा रुचि भने बढ्नेछ।

तुला – आज तपाइले ठीक समयमा सही निर्णय लिन सकिनेछ। दाम्पत्य सुखले प्रफुल्लित भइने र बौद्धिक काममा सफलता मिल्ने समय रहेको छ। बोलीको प्रभाव पनि बढेर जानेछ।

वृश्चिक – तपाईले आज काम देखाएर अरूको मन लोभ्याउन सक्नु हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने र मित्रताको बन्धन कसिने समय छ। धार्मिक क्षेत्रमा रुचि बढ्ने योग रहेको छ।

धनु – आज तपाइको नयाँ कमको थालनी हुने र अचल सम्पत्ति हात पर्ने समय छ। धार्मिक यात्राको योग रहने छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुने योग छ।

मकर - मकर राशीका तपाईको आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला । राजनीतिक कार्यमा पनि बाधा आउनसक्छ ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज मनमा शान्ति छाउने र। दाम्पत्य जीवन सुखमय हुने समय रहेको छ। यस्तै मनोरञ्जनमा सहभागि भइनेछ भने आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ने छ।

मिन – तपाईको आजको दिन सामान्य नै रहनेछ। लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग रहेको छ। अभिभावकको आशीर्वादले काम सफल हुने छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप