शुभ बिहानी, चैत्र १३ गते चैत शुक्ल षष्ठी तिथी सोमबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज शुभ कार्यमा सरिक हुने
समय छ। नयाँ क्षेत्रमा लगानीको अवसर आउनेछ। श्रमको उचित मूल्याङ्कन हुने र अचल
सम्पत्ति हात पर्ने योग रहेको छ।
वृष – आज तपाईको धनार्जनका
नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पठनपाठनमा प्रगति होला। आफन्तको सहयोग प्राप्त हुन
सक्छ। वैदेशिक क्षेत्रको काम अघि बढेर जानेछ।
मिथुन – तपाईले आज गर्नुभएको कार्यमा अवरोध आउनेछ। मालसामान
हराउने वा नोक्सानी हुनसक्ने छ। दिनको उत्तरार्धमा बढी धन खर्च हुने योग छ। लामो यात्रा सफल होला।
कर्कट - कर्कट राशी हुनेहरुको आज रोकिएको
धन हात पर्न सक्छ। मिष्ठान्न भोजन प्राप्ति हुने र मनोरञ्जनमा सहभागी हुने समय छ।
साँझमा पैसा खर्च हुने योग पनि छ। अतिथिको सेवा गर्नु होला।
सिंह –तपाईलाई आज वित्तिय
संस्था बाट सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईएला। विश्वास गरेकाले साथ
दिनेछन् भने शुभकार्यको चर्चा पनि चल्नेछ।
कन्या – आज कन्या राशीका तपइहरुलाई धर्मकर्ममा रुचि बढ्नेछ। गरेका
कामबाट राम्रै लाभ हुने र रोकिएका अधुरा कार्यको थालनी हुने योग छ। नयाँ र शुभ
समाचार पनि सुन्न पाइने छ।
तुला –
आज तपाइको महत्त्वपूर्ण
अवसर गुम्न सक्नेछ। आफू कमजोर भएको अनुभूति होला। गरेका कार्यमा ढिलासुस्ती आउन
सक्छ, तर साँझमा धन हात पर्ने योग छ।
वृश्चिक - आज
तपाईले चलाखीपूर्ण बोलीले गरेको कार्यहरु सिद्ध हुनेछ। सफल यात्राको योग रहेको छ।
वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। शुभ समाचार सुन्न पाइएला।
धनु – आज तपाइको लगनशीलताले
कामहरू अगाडि बढेर जाला। चिताएको कामले तीव्रता पाउनेछ। आकस्मिक धन लाभ हुने र धर्मकर्म
तथा समाज सेवामा मन लाग्ने समय रहेको छ।
मकर - मकर राशीका तपाईको आज स्वादिष्ट
भोजन को समय रहेको छ। आत्मबल बढाएर काम गरेमा सफल भईएला। प्रेम सम्बन्धमा मधुरता
छाउनुका साथै रोकिएको धन हात पर्न सक्नेछ।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। शरीरमा चोट लाग्ने सम्भावना छ।
आम्दानीभन्दा खर्च बढी होला।
मिन – तपाईको श्रमको आज उचित मूल्याङ्कन
हुनेछ। साथी भाइको भेटघाटले मन प्रफुल्ल र खुसी रहला। आर्थिक लाभ हुने र कुनै
कुराले मनमा शान्ति छाउने छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता