Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर ६ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | ६ मंसिर २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल मंसिर ६ गते, कार्तिक शुक्ल दशमी तिथी बुधबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला, मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना होने तथा प्रेम र मित्रताको बन्धन कसिने बेला रहेको छ।

वृष  तपाइको आज अचल सम्पत्ति पनि हात पर्न सक्छ, शुभ यात्रा हुने, नयाँ कमको थालनी हुने र सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने योग छ।

मिथुन - तपाईको आज आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा काम गर्दा सावधानी अपनाउनु होला नत्र कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाब हुन सक्ने सम्भावना रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभकार्यको चर्चा हुनेछ, आँटेको र ताकेको कार्य पुरा होलान। ठीक समयमा सही निर्णय लिन सक्नाले बोलीको प्रभाव पनि बढ्न सक्छ।

सिंह तपाईको आज वैदेशिक कार्य अघि बढ्ला, अधुरो काम पूरा हुने र व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ। महिला वर्ग बाट विशेष सहयोग पाइएला।

कन्या - कन्या राशीका तपाईको आज प्रतिष्ठा र पदोन्नतिको सम्भावना रहेको छ, गरेको काममा सफलता हात पर्ने तथा नोकरी र व्यावसायिक जीवनमा सुधार आउने सम्भावना पनि छ।

तुला - तपाइको आज राजनैतिक कार्यमा बाधा पनि आउन सक्नेछ, घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो होला।

वृश्चिक  तपाईको आज दिनको उत्तरार्ध बढी सुखद् रहला, आफन्तको सहानुभूति मिल्नुका साथै मित्रबाट विशेष सहयोग पाइएला। श्रमको उचित मूल्याङ्कन पनि होला।

धनु  तपाइको आज मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि हुनेछ। नयाँ सवारी साधन प्राप्तिको र राजनैतिक कार्यमा सफलता मिल्ने योग छ।

मकर - मकर राशीका तपाइको आज आफन्तसँग भेटघाट हुनेछ, बुद्धिको प्रयोगले समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त होला। वैदेशिक कार्य अघि बढेर जानेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, समय मध्यम रहेकोले परिबन्धनमा परिने तथा झै झगडा हुने अधिक सम्भावना छ।

मिन – तपाइको आज आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ, शुभ कार्यको लागि यात्रा हुने र कुनै कुराले मनमा शान्ति छाउने तथा दाम्पत्य जीवन सुखमय रहनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप