Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असार ११ गते सोमबार राशीफल।

  •   ३ वर्ष अघि | ११ असार २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल असार ११  गते, असार कृष्ण अष्टमी तिथी सोमबारन्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा दिनेछ। वैदेशिक कार्य अघि बढ्ने र कार्य सम्पादनमा सहजता र व्यापार व्यवसायमा सफलता पाइएला।

वृष - तपाईको आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित हुन सक्छ, पेसा, व्यवसायबाट लाभ हुने र धन प्राप्त हुनेछ तथा कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ।

मिथुन - तपाईको आज कार्य सम्पादनमा समस्या आउनसक्छ। यात्रामा मालसामान हराउन र चोटपटकको भय रहेकाले सचेत रहनु र साँझमा शुभ समाचार सुन्न पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु होला। महिला वा मित्रबाट विशेष सहयोग पाइएला। परिवारका सदस्यहरूसित भेटघाट हुने योग छ।

सिंह तपाईको आज रोकिएका काम दोहोर्याएर गर्दा फाइदा होला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्न सक्छ र ज्ञान सिक्ने मौका पनि पाइएला।

कन्या - कन्या राशीका तपाईको आज विद्या र बुद्धिको विकास होला, पारिवारिक भेटघाटमा रमाइएला, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र माया प्रेममा आत्मियताको बढोत्तरी हुने समय छ।

तुला - तपाइको आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा आउन सक्छ भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नु आवश्यक हुनेछ।

वृश्चिक  तपाईको आज घर परिवारका सदस्यहरूबाट सहयोग पाइएला। दैनिक कार्यमा प्रगति होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन भइएला। वैदेशिक कार्य अघि बढेर जानेछ।

धनु  तपाइको आज एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। नजिकैको व्यक्तिबाट सहयोग मिल्ने, रमाइलो यात्राको योग र कुनै कुराले मनमा खुसी हुने योग छ।

मकर - मकर राशीका आज रमणीय र सुखद यात्राको योग रहेकोछ। सन्तान तथा परिवारमा मेलमिलाप होला। मनमा सहयोग भाव आउनसक्छ। कुनै कुराले मनमा प्रसन्नता छउला।

कुम्भ - कुम्भ राशीका तपाइको आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। माया प्रेममा समस्या बढ्न सक्छ भने एकोहोरो माया प्रेमले सताउला। आर्थिक कारोबारमा विवाद आउनसक्छ।

मिन – तपाइको आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। सुखद् एवं धार्मिक यात्राको योग पनि रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

 

  • न्युज बहार संवाददाता

थप