Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २६ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | २६ साउन २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल साउन २६ गते, साउन कृष्ण एकादशी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज परिश्रम गर्दा धनार्जन होला। ठीक समयमा सही निर्णय लिन सकिएला। वैदेशिक कार्य अघि बढेर जानेछ। शेयरको कारोबारबाट सफलता मिल्ला।

वृष – तपाइको आज यात्रामा मालसामान हराउन सक्नेछ। सहकर्मीबाट विरोध आउनसक्ने र गलत निर्णय लिन पुग्नाले  चोटपटकको भय पनि रहेकाले सचेत रहनु राम्रो हुनेछ।

मिथुन - तपाईको आज रमणीय र सुखद् यात्रा हुने, पार्टी तथा सेमिनारमा सहभागी भइने, प्रयत्न गरे बढी फाइदा लिन सकिने तथा पुनर्मिलनको योग पनि रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कुनै कुराले मनमा शान्ति छाउन सक्छ। महत्वपूर्ण कामको थालनी होला। शिक्षामा सफलता मिल्ने तथा डेकोरेसनको लगानीबाट लाभ मिल्ने समय छ।

सिंह – तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। नयाँ व्यक्तिसँग भेटघाट हुने तथा साँझपख शुभ समाचार पनि सुन्न पाइएला।

कन्या - कन्या राशीका तपाईको आज मनमा दुबिधा उत्पन्न होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। दबाब र तनाव बढेको महसुस होला। स्वास्थ्यमा समस्या पनि आउनसक्छ।

तुला - तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। वित्तिय संस्थाबाट सहयोग पाइने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। शत्रु पनि पराजित हुनसक्छन।

वृश्चिक – तपाईको आज अधुरा कार्य पूरा हुने र रमाइलो यात्रा हुने, शत्रुमाथि विजय मिल्ने, अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्ने योग रहेको छ।

धनु – तपाइको आज विपरीत वर्ग प्रति आकर्षण बढेर जानेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा होला। वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्ला।

मकर - मकर राशीका तपाइको आजको दिन लाभहानी, सुखदुःख मध्यम खालको नै छ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु राम्रो होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धर्म, कर्म तथा समाजसेवामा मन जानेछ।

मिन – तपाइको आज नसोचेको ठाउँबाट धनागम होला। मनोरञ्जनमा सहभागिता भइने र आर्थिक कारोबारमा सफलता मिल्ने तथा भेटघाट हुने योग पनि छ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप