Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ ७ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | ७ भदौ २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल भदौ ७ गते, साउन शुक्ल अष्टमी तिथी बिहिबार । आज गौरा पर्व । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज सानातिना समस्यामा अल्झनुपर्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र व्यापार व्यवसायमा पनि मन्दी आउने देखिन्छ।

वृष – तपाइको आज रमाइलो यात्रा हुने, राजनैतिक कार्यमा सफलता मिल्ने, प्रेममा मधुरता छाउने र मनमा उमङ्ग, हर्ष र उत्साह छाउने योग छ।

मिथुन - तपाई आज लक्ष्मी प्रसन्न हुने, सामाजिक, धार्मिक कार्यमा र प्राविधिक क्षेत्रमा रुचि बढ्ने, राज्यबाट मान सम्मान पनि पाइने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन शुभकार्यको चर्चा हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

सिंह – तपाईको आज सौन्दर्यतामा धन खर्च होला। नजिकका व्यक्तिबाट कार्यमा वाधा आउनसक्छ। गरेका काममा ढिलासुस्ती होलान। यात्रामा मालसामान हराउने देखिन्छ।

कन्या - कन्या राशीका तपाईको आज अधुरा कार्य पूरा होलान, नयाँ कार्यको योजना बन्ला, शत्रुमाथि विजय मिल्नुका साथै रमाइलो यात्राको योग पनि रहेको छ।

तुला - तपाइको आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्ला। आफ्नो कार्य सम्पादनमा सहजता होला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त गर्नुहोला।

वृश्चिक – तपाईको आज रमणीय र सुखद् यात्रा हुने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने, साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने योग छ।

धनु – तपाइको आज आफन्तसँग मनमुटाव बढ्ला तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्ला। सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नु आवश्यक होला।

मकर - मकर राशीका तपाइको आज प्राविधिक काममा सफलता प्राप्त होला। साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ। चिन्ता छाडेर चिन्तन गर्ने र प्रेमीको सहयोग प्राप्त हुने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज घरायसी कार्य अगाडि बढ्लान। परिवारमा सुख सन्तोष छाउला। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा सफल यात्राको योग पनि रहेको छ।

मिन – तपाइको आज विद्या र बुद्धिको विकास होला। दाम्पत्य जीवन सुखमय रहने र नयाँ व्यक्तिसँग भेटघाट पनि होला। विश्वासपात्रले काममा साथ भने दिनेछन।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप