Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक २ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | २ कार्तिक २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २ गते, असोज शुक्ल पञ्चमी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज सरकारी निकायको भय पनि रहनाले मन भावुक र उत्ताउलो हुनसक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। जिद्दीपनाले गर्दा काम बिग्रन पनि सक्छ।

वृष – तपाइको आज जोशजाँगर पनि बढेर जानेछ, धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ। आफन्तको प्रगतिमा मन रमाउने र नयाँ कार्यको अवसर प्राप्त हुनेछ।

मिथुन - तपाई आज साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ भने रोकिएका काम पुनः सुरु हुन सक्छन। जोशजाँगर र उमङ्ग बढ्ने तथा वैदेशिक कार्य पनि अघि बढ्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज जोशजाँगर र हिम्मत बढेर जाँदा पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछन। विपरित वर्गबाट विशेष सहयोग होला।

सिंह – तपाईको आज शुभ र नयाँ कार्यको योजना बन्ला। निर्णय कार्यान्वयन नहुन सक्छ। आत्मबलमा कमी आउला। मनमा दुबिधा पनि उत्पन्न हुनसक्छ।

कन्या - कन्या राशीका तपाईको आज आफूले अरुलाई प्रभावित पारेर काम बन्न सक्छ, मिष्ठान्न भोजनको अवसर जुर्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढेर जाला।

तुला - तपाइकोलाई आज स्वास्थ्यप्रति सजग रहनु पर्नेछ, कुनै कुराले मन निक्कै प्रसन्न हुनेछ। गरेका कामबाट राम्रै लाभ होला। दैनिक कार्यमा प्रगति पनि होला।

वृश्चिक – तपाईको आज नयाँ ज्ञान सिक्ने मौका पाइएला एउटै कामबाट दोहोरो लाभ हुनसक्छ। बन्धु बान्धवबाट सहयोग पाइएला। सामाजिक कार्यमा सफलता पनि मिल्नेछ।

धनु – तपाइको आज सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिए पनि लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहेको छ। धार्मिक कार्यमा रुचि रहला।

मकर - मकर राशीका तपाइको आज पढाइमा प्रगति हुनेछ शुभकार्यको चर्चा हुने तथा। आँटेको र ताकेको कार्य पुरा होलान। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वास्थ्यप्रति सजग रहनु पर्नेछ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। शत्रु पराजित होलान र वित्तिय संस्थाबाट सहयोग पनि पाइएला।

मिन – तपाइको आज नजिकको मित्रसँग भेटघाट हुने र प्रेमीको सहयोग पाइने तथा परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिएको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप