Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पुस २६ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | २६ पुस २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल पुस २६ गते, पुस कृष्ण औँसी तिथी बिहिबार । सन २०२४ जनवारी ११ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज आफन्तसँग भेटघाट होला, प्रेम र मित्रताको बन्धन कसिने तथा काम देखाएर अरूको मन लोभ्याउन सकिनेस  समय छ।

वृष  तपाइको आज नियमित खर्च बढ्ने छ भने शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुहोला ।

मिथुन - तपाईको आज दिनको उत्तरार्ध बढी सुखद् रहनेछ, शुभकार्यको चर्चा हुनुका साथै राजनैतिक र सामाजिक कार्यमा सफलता पाइनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अध्ययन तथा अध्यापनमा रुचि बढ्ने तथा नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

सिंह तपाईको आज बोलीको प्रभाव बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिएला। दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइएला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज अभिभावकको आशीर्वादले काम बन्नेछ। तपाईंको सामान भने हराउन सक्ला। नाक तथा घाँटीमा समस्या आउने सम्भावना छ

तुला - तपाइको आज श्रमको उचित मूल्याङ्कन होला, तर स्वास्थ्य प्रति सजग रहनुपर्नेछ। शुभकार्यको चर्चा हुनुका साथै आँटेको र ताकेको कार्य पुरा हुनेछ।

वृश्चिक  तपाईको आज आर्थिक क्षेत्रमा सामान्य सफलता पाइएला। आफूले गरेको सङ्घर्षबाट आफन्तले लाभ लिनेछन। कुनै कुराले अनुहारमा चमक छाउनेछ।

धनु  तपाइको आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनुहोला। कार्य सम्पादनमा सहजता पाइनेछ।

मकर - मकर राशीका तपाइको बाहिरी खानपानमा ख्याल गर्नुहोला। मन खिन्न हुने स्थिति आउला। नजिकको व्यक्तिबाट धोका पाइनेछ

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ कमको थालनी होला। धार्मिक कार्यमा मन पनि जानुका साथै सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

मिन – तपाइको आज महिला वर्गबाट विशेष सहयोग पाइनेछ। साथीको सहयोग र हौसला पनि मिल्ला। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप