Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस १९ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | १९ पुस २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल पुस १९ गते, पुस कृष्ण अष्टमी तिथी बिहिबार । सन २०२४ जनवारी ४ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज सामाजिक क्षेत्रको काम अघि बढ्नुका साथै उपकारमा मन जानसक्छ। रचनात्मक काममा जुट्ने समय रहेको छ। विपरीत वर्ग प्रति आकर्षण बढ्न सक्छ।

वृष – तपाइको आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा होला। सेवामूलक कार्यबाट सफलता पाइनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनसक्छ।

मिथुन - तपाईको आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा होला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सानो कुरामा चित्त दुख्ने बानीले प्रेम जीवनमा अप्ठ्यारो आउनसक्छ। आँटेको काममा बिघ्नबाधा आउला।

सिंह – तपाईको आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। घरपरिवार सँग रमाइलो तरिकाले समय बित्ला। मेहनतीहरूका लागि दिन फलदायी हुनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता दिनेछ। मनपर्ने खानाको परिकार खान पाइएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

तुला - तपाइको आज व्यापार व्यवसायमा नोक्सानी होला। शुभकार्यको चर्चा हुनेछ। एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न होला ।

वृश्चिक – तपाईको आज रोकिएका काम पुनः सुरु होलान, व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव प्रदान गर्नेछ।

धनु – तपाइको आज आर्थिक कारोबारमा सफलता पाइनेछ। साथीभाइबाट बढी फाइदा लिने समय रहेको छ। नयाँ काम सुरु गर्ने समय र जोशजाँगर उमंग बढ्ने समय छ।

मकर - मकर राशीका तपाइको आज लाभदायक यात्रा हुनेछ। महिला वर्ग बाट विशेष सहयोग पाइएला। परिश्रम गर्दा धनार्जन हुनसक्छ। राजनैतिक कार्यमा सफलता पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्नाले मानसिक चिन्ता पनि बढ्न सक्छ भने तनाव बढेको महसुस होला।

मिन – तपाइको आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। विद्या र बुद्धिको विकास होला। पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप