Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २४ गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | २४ साउन २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल साउन २४ गते, साउन कृष्ण नवमी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज बुद्धि र विवेकको प्रयोगबाट  आजको दिनलाई सकारात्मक बनाउने, वित्तिय संस्थाबाट सहयोग मिल्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्ने समय छ।

वृष – तपाईको आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त होला। प्रेममा बाधाका साथै मन कमजोर रहला तथा उपहार प्राप्त होला।

मिथुन - तपाईको आज काममा अपेक्षाकृत सफलता हात परइएला। आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट हुनेछ। काम गर्ने जोशजाँगर र उमङ्ग बढेर जाला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज चलाखीपूर्ण बोलीले र राजनैतिक कार्यमा सफलता मिल्ला। बन्धु बान्धवबाट सहयोग पाइएला भने आर्थिक लाभ पनि होला।

सिंह – तपाईको आज शुभ चिन्तकहरूले पूर्ण समर्थन पाइएला। घरमा अतिथिको आगमन होला। स्वास्थ्य राम्रो रहला, खुसीका निम्ति केही खर्च हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला। आत्मबल बढाएर काम गरेमा सफल भइएला। व्यक्तिगत खुसीका लागि केही धन खर्च भने हुनेछ।

तुला - तपाइको आज व्यक्तिगत कार्यमा सफलता मिल्ला। विपरीत वर्ग प्रति आकर्षण बढ्ने र चिन्ता हटेर मन हलुका हुने तथा मनोरञ्जनमा सहभागि भइने समय छ।

वृश्चिक – तपाईको आज आँटेको र ताकेको कार्य पुरा हेन । टाढाका नातागोता वा परिवारजनसँग लामो समय पछि भेटघाट हुनेछ । समस्या सुल्झाउन पनि सकिएला।

धनु – तपाइको आज नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको हुने, नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने, तर केही धन खर्च पनि हुनसक्ने योग छ।

मकर - मकर राशीका तपाइको आज समग्रमा आजको समय मध्यम खालको रहला। आफ्नै कार्यबाट मन सन्तुष्ट नहोला, नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज लाभदायक र खुसीको यात्रा होला। कुनै कुराले मनमा शान्ति छउला। अतिथिका रूपमा सम्मान पाइएला। चिताएको कामले तीव्रता हासिल गर्नेछ।

मिन – तपाइको आज मनमा उत्साहका साथै बोली बिक्ने समय रहनुका साथै शुभकार्यको चर्चा पनि हुनेछ। नयाँ जिम्मेवारी पाइने र साझेदारी र सट्टापट्टामा विशेष लाभ हुने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप