Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन १० गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | १० साउन २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल साउन १० गते, साउन शुक्ल  अष्टमी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने, नयाँ ज्ञान सिक्ने मौका मिल्ने, रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउने समय छ।

वृष - आज तपाईले सजिलै अरूको मन जित्न सक्नुहुनेछ। आफन्तको प्रगतिमा मन रमाउने र शेयर बजार या पुँजी बजारमा लगानीको अवसर पनि मिल्न सक्छ।

मिथुन - तपाईको आज कार्य सिद्धिको, विपरित वर्गबाट विशेष सहयोग मिल्ने, शेयर बजारले साथ दिने र शुभ कार्यको योजना पनि बन्ने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आयव्यय, लाभहानी र सुखदुःख बराबरी खालको, नयाँ काममा हात हाल्ने तथा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने समय छ।

सिंह – तपाईको आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्ला।

कन्या - कन्या राशीका तपाईको आज प्रेम जीवन सुखद् रहला। एउटै कामबाट दोहोरो लाभ मिल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्ने र जोशजाँगर, हिम्मत पनि बढ्ला।

तुला - तपाइको आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय रहेको छ। शृङ्गार तथा सजावटको क्षेत्रमा विशेष सफलता हात पर्ला। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ।

वृश्चिक – तपाईको आज निर्णय कार्यान्वयन नहुँदा आत्मबलमा कमी आउला। मनमा दुबिधा उत्पन्न भइ मन भावुक र उत्ताउलो बन्नला।

धनु – तपाइको आज कुनै कुराले मनमा शान्ति छाउला। गरेका कामबाट राम्रै लाभ र दैनिक कार्य र पढाइमा प्रगति होला। सफल यात्रा पनि हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज रोकिएका कामहरू पुनः सुरु हुन सक्नेछन। वैदेशिक कार्य अघि बढेर जानेछ। जोशजाँगर र उमङ्ग बढ्ने तथा सामाजिक कार्यमा सरिक पनि भइने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभकार्यको चर्चा हुने, कार्य सम्पादनमा सहजता मिल्ने र मित्रबाट विशेष सहयोग पाइने तथा रमाइलो यात्राको योग रहेको छ।

मिन – तपाइको आज जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आउला। सौन्दर्यतामा धन खर्च हुने र सरकारी निकायको भय रहने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन। 

  • न्युज बहार संवाददाता

थप