Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज ३० गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | ३० असोज २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असोज ३० गते, असोज शुक्ल तृतिया तिथी मंगलबार । आज अन्तराष्ट्रिय गरिबि निवारण दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज बोलीको प्रभावले अरुको मन जित्न सकिएला, शुभकार्यको चर्चा हुनेछ। साहित्य तथा सङ्गीतमा रुचि बढ्नुका साथै दाम्पत्य जीवन सुखमय रहला।

वृष – तपाइको आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ धर्मकर्म तथा समाजसेवामा मन जानेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।

मिथुन - तपाईको आज प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनुका साथै विपरित वर्गबाट विशेष र विशिष्ट व्यक्तिको सहयोग पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ, निर्णायक क्षमतामा कमी आउला। मनमा दुबिधा र शङ्का उत्पन्न होला।

सिंह – तपाईको आज धर्मकर्ममा मन जानाले भाग्यले साथ दिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने र सफल रमाइलो यात्राको योग रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज मनोबल उच्च नै रहला, प्रतिष्ठित काम गरेर अवसर हात पार्ने, जोशजाँगर र उमंग बढ्ने र धर्मकर्म तथा समाज सेवामा मन लाग्ने समय छ।

तुला - तपाइको आज नजिकको व्यक्तिबाट सहयोग पाइएला समाजमा हितको लागि लाभदायक छलफल होला। शैक्षिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ।

वृश्चिक – तपाईको आज नजिकका व्यक्तिबाट धोका पाइने हुनाले यात्रा गर्दा सचेत हुनुहोला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ भने झन्झटिलो काममा संलग्न हुनुपर्ने समय रहेको छ।

धनु – तपाइको आज शुभ कार्यको चर्चा पनि हुने भाग्यले विभिन्न अवसर दिनेछन। श्रमको उचित मूल्याङ्कन होला। स्वास्थ्यमा सुधार आउने छ।

मकर - मकर राशीका तपाइको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। आफन्त र राज्यबाट मान सम्मान पाइएला। विद्या र बुद्धिको विकास होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज भूमिबाट पनि लाभ हुनेछ, नयाँ कार्यको योजना बन्ने वा प्राप्ति होला। सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता पाइएला।

मिन – तपाइको आज स्वास्थ्य प्रति सजगता अपनाउनु होला, महत्त्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति पनि होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप