शुभ बिहानी, आज २०८० साल साउन ९ गते, साउन शुक्ल सप्तमी तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज नाताकुटुम्बको
आगमन हुने, परिवारमा नयाँ सदस्य थपिन सक्ने, कसै सैलाई परदेशी घर फर्कने र रमाइलो
वातावरण छाउने सम्भावना छ।
वृष – तपाईको आज कर्तव्य बोध हुने र आस्था बढ्ने, परोपकार आदिमा पनि
भूमिका निर्वाह गर्न पाइने, भाग्यले साथ दिने र काममा सफलता हात पर्ने समय छ।
मिथुन - तपाईको आज आजको समय त्यति राम्रो छैन। लेनदेनको कार्यमा
विशेष ख्याल गर्नुपर्ला,
तर साँझमा भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै
भेटिएलान।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज परिणाममुखी
जिम्मेवारी वहन गर्ने, मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्ने
र व्यापारमा विशेष सफलता हात लाग्ने समय आएको छ।
सिंह – तपाईको आज
लामो समयदेखी रोकिएको काम पुन: प्रारम्भ होला। वैदेशिक क्षेत्रको काम पनि अघि
बढ्ने र शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्ने सम्भावना छ।
कन्या - कन्या राशीका तपाईको आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम होला।
रोकिएका काम पुनः सुरु हुन सक्ला। धार्मिक, सामाजिक
महत्त्वको क्षेत्रमा भ्रमण पनि होला।
तुला - तपाइको आज काम बिगार्न
चाहनेहरू अगाडि बढ्नेछन। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ला। धार्मिक यात्रा
गर्दा बाटोमा दुख हुन सक्ला ध्यान दिनुहोला।
वृश्चिक – तपाईको आज आफन्त तथा मित्रवर्गको सहयोगले महत्त्वपूर्ण
कार्य सम्पन्न हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि पाइएला।
धनु – तपाइको आज यात्रा गर्ने अवसर जुट्ने, वाणीमा कुशलता आउने,
करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने योग
परेको दिन छ।
मकर - मकर राशीका तपाइको आजको
दिन हाँसखेल र मनोरञ्जनपूर्ण होलाव्य, वसायिक क्षेत्रबाट लाभ होला, परोपकारजन्य कार्यमा लगाव बढ्नुका साथै धन सञ्चयको
अवसर प्राप्त होला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज औपचारिकतामा बढी
व्यस्त रहन पर्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। प्रेमी र
प्रेमिकाका बिच खिन्नता भने बढ्न सक्नेछ।
मिन –
तपाइको आज मनमा
हर्ष र प्रसन्नताका साथ समय व्यतीत होला। परोपकारका क्षेत्रमा लगानीको, आफूसँग
भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता