Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस १० गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | १० पुस २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल पुस १० गते, मंसिर शुक्ल पुर्णिमा तिथी मंगलबार । आज उधौली पर्व, धान्य पुर्णिमा तथा यमोरी पुन्ही । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछन। शुभ समाचार सुन्न पाइएला। मित्रबाट विशेष सहयोग मिल्ला।

वृष – तपाइको आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन। इच्छा र आकाङ्क्षा पूर्ण होलान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नसक्छ।

मिथुन - तपाईको आज शैक्षिक क्षेत्र कमजोर रहने छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ भने स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला। धर्म कर्म र सामाजिक कार्यमा मन जाने तथा साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ।

सिंह – तपाईको आज आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । कन्या – कन्या राशी हुनेहरुको लागी आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। आज कुनै समाचारले मनमा शान्ति छाउनुका साथै आम्दानी बढाउने कामको योजना गर्न सकिएला। राजनैतिक कार्यमा सफलता पाइनेछ।

तुला - तपाइको आज अनावश्यक धन खर्च हुँदा शुभ कार्यको चर्चा भने हुनेछ। विद्या र बुद्धिमा ह्रास आउने तथा झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला।

वृश्चिक – तपाईको आज बन्धु बान्धवबाट सहयोग पाइएला। धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। जोशजाँगर र हिम्मत बृद्धी होला।

धनु – तपाइको आज साँझपख शुभ समाचार सुन्न पाइएला, एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्लान।

मकर - मकर राशीका तपाइको आज पुनर्मिलनको योग रहेको छ।

सहयोगी हातहरू अघि बढ्ने र आफन्तको प्रगतिमा मन रमाउँलनेछ। व्यापार व्यवसाय सामान्य रहला।

कुम्भ - कुम्भ राशीका तपाइको आज वैदेशिक कार्य राम्रै होला। लाभहानी, आयव्यय र सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ। विशिष्ट व्यक्तिको साथ र सहयोग पाइएला।

मिन – तपाइको आज आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। मनोरञ्जन पूर्ण दिन रहेकोछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप