शुभ बिहानी, आज २०८० साल बैशाख १९ गते बैशाख शुक्ल द्वादशी तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज जटिल ठानिएको काम
सम्पादन हुने र सभा समारोहमा सरिक हुने सम्भावना रहेकोछ। न्यायिक कार्यमा सफलता
पनि मिल्नसक्छ।
वृष - तपाईले आज बुद्धिको
उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्ने छ। अधिकार प्राप्तिका लागि
गरिएको प्रतिस्पर्धामा विजयी हुनुहोला।
मिथुन - तपाईलाई आज शरीरमा
स्फूर्ति र उमङ्गको कमी होला र घर व्यवहारको समस्याले सताउला। नयाँ काममा हात
हाल्नु अघि राम्ररी विचार पुर्याउनु आवश्यक देखिन्छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात नपर्न सक्छ। परिवारभित्र खटपट
बढ्ने सङ्केत देखिन्छ। सन्तानको मायामा पनि कम आउनसक्छ।
सिंह – तपाईको आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण तिरिकाले बित्नेछ।
चिताएको कामले तीव्रता लिने र अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाइएला।
कन्या - कन्या राशीका
तपाइलाई आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान
मिल्ने र पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढेर जाला।
तुला - आज तपाइको खर्च
नियन्त्रणभन्दा बाहिर होला। आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ भने मान्यजनको सुझावलाई
नमान्नाले काम बिग्रने समय छ।
वृश्चिक – तपाईको आज परिवारजनको साथले नयाँ आशा दिनेछ
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्ने र रमाइलो यात्रा गर्ने अवसर
प्राप्त होला।
धनु - तपाइलाई
आज तर्क, विवाद
र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने र रोकिएका काम पुनः सुरु हुने योग छ। जग्गाजमिनको
कारोबारबाट राम्रो फाइदा होला।
मकर - मकर राशीका तपाईको आज लाभदायक
यात्राको सम्भावनालाई रहेको छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। नोकरी
गर्नेले मानसम्मान पाउने समय छ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्लान, विवेकले काम
नगर्न सक्छ छ,
सचेत रहनु आवश्यक छ। आफूलाई कमजोर भएको
अनुभूति होला।
मिन - तपाईको
आज लामो
समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट
दीर्घकालिक फाइदा पनि हुनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता