Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज ९ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असोज ९ गते, भदौ शुक्ल द्वादशी तिथी मंगलबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज दाम, इनाम र प्रतिष्ठा पनि कमाउने र शुभकार्यको चर्चा चल्ने बेला रहेको छ। परिवारमा सुख सन्तोष छाउने र कला गलाको प्रभाव पनि बढेर जानेछ।

वृष  तपाइको आज पदोन्नतिको सम्भावना प्रबल छ रहनुका साथै नयाँ कार्यको थालनी भने हुनेछ। लगनशीलताले कामहरू अगाडि बढलान र वित्तिय संस्थाबाट सहयोग पाइएला।

मिथुन - तपाईको आज प्रेममा बाधा आउन सक्नाले लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहेने छ त्यसैले ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अतिथिको रूपमा सत्कार पनि पाइएला, धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा सजिलै मन जानेछ भने रोकिएको धन हात लाग्न सक्ला।

सिंह तपाईको आज शुभकार्यको चर्चा हुनेछ भने प्रेमीको सहयोग पनि प्राप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने र न्यायिक कार्यमा सफलता मिल्ने समय छ।

कन्या - कन्या राशीका तपाईको आज लगानी र व्यवसायमा पर्याप्त लाभ प्राप्त होला, अरुलाई प्रभावित पारेर काम बन्ने र मनोरञ्जनमा सहभागी भइने तथा पारिवारिक सद्भाव बढेर जानेछ।

तुला - तपाइको आज घर परिवारमा झैझमेलाको अवस्था सृजना हुन सक्नाले सरकारी निकायको भय रहला। व्यवसायमा नोक्सानी र  अविश्वास उत्पन्न होला।

वृश्चिक  तपाईको आज सामाजिक क्षेत्रमा सफलता मिल्नाले राज्यबाट मान सम्मान पाइएला, वैदेशिक क्षेत्रको काम अघि बढ्नुका साथै शुभ समाचार सुन्न पाइने छ।

धनु  तपाइको आज आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने, अचल सम्पत्ति हात पर्ने, शेयर बजार, कलकारखाना र बन्दव्यापारमा फाइदा हुने योग रहेको छ।

मकर - मकर राशीका तपाइको आज एउटै कामबाट दोहोरो लाभ मिल्ने र आफन्तहरुसँग भेट घाट पनि हुने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र स्वादिष्ट भोजन पाइने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला, बन्न लागेको काम बिग्रन सक्ला। सामान हराउने वा चोरी हुने रही रहनेछ।

मिन – तपाइको आज दाम्पत्य जीवन सुखमय होला, जोशजाँगर र हिम्मत बढेर जानेछ। आकस्मिक धन लाभ हुनुका साथै सुन्दर पहिरनले व्यक्तित्वमा निखारता थप्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप