Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज २६ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | २६ असोज २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल असोज २६ गते, असोज कृष्ण चतुर्दशी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनेछ, आम्दानी बढाउने काम सुरु गर्न र पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइने समय छ।

वृष – तपाइको आज अरूलाई प्रभावित पारेर नयाँ कार्यको योजना  बन्नसक्छ। सहयोगी हातहरू अघि बढ्लान। वित्तिय संस्थाबाट पनि सहयोग पाइएला।

मिथुन - तपाईको आज प्रेमी र प्रेमिकाका बिच खिन्नता पनि बढ्नाले आर्थिक समस्याले तनावको सिर्जना गर। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सुखद् यात्राका अवसर पनि प्राप्त होला, आफूले गरेको काम देखाएर अरूको मन लोभ्याउन सकिएला। वित्तिय संस्थाबाट सहयोग पाइएला।

सिंह – तपाईको आज नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी होला, मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

कन्या - कन्या राशीका तपाईको आज नयाँ ज्ञान सिक्ने मौका जुर्नेछ। परिवारबाट सहयोग पाइएला। विपरीत वर्ग प्रति आकर्षण बढ्ने र साहित्यिक क्षेत्रमा रूचि बढ्ने समय छ।

तुला - तपाइलाई आज साँझमा शुभ समाचार सुन्न पाइएला। आम्दानी नहुदाँ दैनिक खर्चको लागि समस्या हुनेछ। लामो दुरीको यात्रामा पनि समस्या आउला।

वृश्चिक – तपाईको आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नाले आज प्रसन्नतापूर्वक समय व्यतीत होला। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान।

धनु – तपाइको आज सामाजिक कार्यमा विशेष अभिरुचि रहला र काममा सहजता मिल्नाले नयाँ व्यक्ति सँग भेटघाट हुने छ। साहित्यिक क्षेत्रमा रूचि बढेर जाला।

मकर - मकर राशीका तपाइको आज पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउन सक्छ, लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान। रमाइलो यात्राको योग पनि रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा सफलता मिल्ला, बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नेछ। अनावश्यक धन पनि खर्च होला।

मिन – तपाइको आज पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहला, सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने र अचल सम्पत्ति हात पर्ने योग रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप