Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर २५ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | २५ मंसिर २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल मंसिर २५ गते, मंसिर कृष्ण त्रयोदशी तिथी सोमबार । आज बाला चतुर्दशी ब्रत तथा शतबिज छर्ने दिन । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज सामान हराउने भय रहेको छ, लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन हुनेछ भने ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला।

वृष  तपाइको आज कला र गलाको प्रभाव बढ्ने र शुभकार्यको चर्चा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ। परिवारमा सुख सन्तोष छाउनेछ।

मिथुन - तपाईले आज अतिथिको रूपमा सत्कार पनि पाउनुहुनेछ। रोकिएको धन हात पर्नसक्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज हिम्मत बढ्ने तथा आकस्मिक धन लाभ होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने सक्छ भने दाम्पत्य जीवन सुखमय होला।

सिंह तपाईको आज परिवारमा झैझमेलाको अवस्था आउन सक्नेछ। सरकारी निकायको भय रहीरहनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ला। अरुलाई प्रभावित पारेर काम बन्नसक्छ। घर भित्रको मनोरञ्जनमा सहभागी भइनेछ।

तुला - तपाइको आज स्वादिष्ट भोजन पनि पाइएला। प्रविधि मार्फत आफन्तसँग भेट घाट होला भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

वृश्चिक  तपाईको आज प्रेमीको सहयोग प्राप्त हुनाले शुभकार्यको चर्चा हुनेछ। सामाजिक र पदप्रतिष्ठा कमाउने समय छ। न्यायिक कार्यमा सफलता पाइला।

धनु  तपाइको आज स्वास्थ्य प्रति सजग र सचेत पनि रहनु होला। बन्न लागेको काम बिग्रिन सक्नेछ। प्रेममा बाधाका साथै मन कमजोर हुनेछ।

मकर - मकर राशीका तपाइको आज पदोन्नतिको सम्भावना रहेको छ। नयाँ कार्यको थालनी होला। लगनशीलताले कामहरू अगाडि बढ्ने र वित्तिय संस्थाबाट सहयोग पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नसक्छ। आत्मविश्वास र पराक्रममा वृद्धि होला। आँटेको र ताकेको कार्य पुरा हुनेछन।

मिन – तपाइको आज सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने र शुभ समाचार सुन्न पाइनेछ। राज्यबाट मान सम्मान पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन


  • न्युज बहार संवाददाता

थप