Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २३ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | २३ मंसिर २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल मंसिर २३ गते, मंसिर कृष्ण एकादशी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज शुभ कार्यको चर्चा हुनेछ, भाग्यले विभिन्न अवसर दिने र श्रमको उचित मूल्याङ्कन होला। स्वास्थ्यमा सुधार आउनसक्छ।

वृष – तपाइको आज बोलीको प्रभावले अरुको मन जित्न सकिएला। शुभकार्यको चर्चा हुने र साहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ। दाम्पत्य जीवन सुखमय होला।

मिथुन - तपाईको आज भूमिबाट लाभ हुनेछ, नयाँ कार्यको योजना बन्ने तथा प्राप्ति होला। सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता पाइएला। कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नाले निर्णायक क्षमतामा कमी आउला। प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न होला।

सिंह – तपाईको आज साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन जानुका साथै आँटेको र ताकेको कार्य पुरा हुनेछन।

कन्या – कन्या राशी हुनेहरुको लागी आज धर्मकर्ममा मन जानेछ। भाग्यले साथ दिने र दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। सफल रमाइलो यात्राको योग पनि रहेको छ।

तुला - तपाइको आज नजिकको व्यक्तिबाट सहयोग पाइएला। समाजमा हितको लागि लाभदायक छलफल होला। शैक्षिक क्षेत्रमा सफलता पाइएला।

वृश्चिक – तपाईको आज नजिकका व्यक्तिबाट धोका पाइने योग हुनाले  यात्रा गर्दा सचेत रहनुहोला। महत्त्वपूर्ण अवसर गुम्न पनि सक्नेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय रहेकोछ।

धनु – तपाइको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। आफन्त र राज्यबाट मान सम्मान पाइएला। विद्या र बुद्धिको विकास होला।

मकर - मकर राशीका तपाइको आज मनोबल उच्च रहला। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय रहेको छ। जोशजाँगर र उमंग बढ्नुका साथै धर्मकर्म तथा समाज सेवामा मन जानेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज होला। विपरित वर्गबाट विशेष सहयोग पाइएला। विशिष्ट व्यक्तिको सहयोग पनि मिल्नेछ।

मिन – तपाइको आज स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी होला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ने र आफूलाई कमजोर भएको अनुभूति पनि होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप