Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर १० गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल मंसिर १० गते, कार्तिक शुक्ल चतिर्दशी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शुभ र नयाँ कार्यको योजना पनि बन्न सक्छ, सहकार्यको अवसर पाइएला। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा होला।

वृष – तपाइको आज चोटपटकको भय रहेकोले स्वास्थ्य प्रति सजग रहनु होला, नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। साँझमा धन खर्च बृद्धी हुनेछ।

मिथुन - तपाईको आज परिश्रम गर्दा धनार्जन होला, नयाँ विद्या र परीक्षा राम्रो हुनसक्छ। नसोचेको ठाउँबाट धन हात पर्ने र धार्मिक तथा समाजसेवामा मन जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बौद्धिकताको विकास होला, रोजगारको अवसर पाइएला। राजनैतिक कार्यमा सफलता मिल्नुका साथै बन्धु बान्धवबाट विशेष सहयोग पाइएला।

सिंह – तपाईको आज वैदेशिक कार्यमा भने समस्या आउने देखिएको छ, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ र धनार्जनका नयाँ योजना बन्नेबन्न सक्छ।

कन्या - कन्या राशीका तपाईको आज मुद्दा मामिला आइलाग्नाले र कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु पर्नेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ।

तुला - तपाइको आज व्यापार व्यवसायबाट लाभ हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होला। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर पाइनेछ।

वृश्चिक – तपाईको आज व्यापार व्यवसायबाट लाभ मिल्ला। कूटनैतिक कार्यमा सफलता पाइएला। विद्या र बुद्धिको विकास होला। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र कार्यसिद्धि पनि हुनेछ।

धनु – तपाइको आज मनोरञ्जनात्क तरिकाले दिन बित्नेछ। मित्र वा आफन्तको साथ र सहयोग पाइएला। साथी भाइको भेटघाटले मन प्रसन्न हुनेछ ।

मकर - मकर राशीका तपाइको आज मानसिक चिन्ता बढ्न सक्छ। घरायसी झमेलामा परिने र प्रेममा मनमुटावका साथै मन कमजोर रहला। मालसामान पनि हराउन सक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज सेवा गर्ने योग रहेको छ, धर्मकर्म तथा समाज सेवामा मन जाला। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिएला।

मिन – तपाइको आज पठनपाठनमा प्रगति होला। सफल यात्रा हुने र महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप