शुभ बिहानी, आज २०८० साल कार्तिक २७ गते, कार्तिक कृष्ण औंशी तिथी सोमबार । आज तिहारको तेस्रो दिन गाई तिहार तथा सोमबारे औंशी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज कुनै कुराले
मनमा शान्ति छाउनेछ, धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुने र शैक्षिक पशुचौपायाबाट लाभ
प्राप्त होला।
वृष – तपाइको आज बौद्धिकताको विकास हुने र न्यायिक कार्यमा सफलता पाइनेछ,
नयाँ अवसर आउनाले मन प्रसन्न रहला, वैदेशिक क्षेत्रबाट सफलता प्राप्त होला।
मिथुन - तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहला, बोलीको
भरमा कार्य सम्पादन हुने र कतै घुम्न जाने योजना पनि बन्न सक्छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज परिवारका
कारण चिन्ता बढ्ने र खर्चको मात्रा ह्वात्तै बढ्न सक्ला। स्वास्थ्यमा समस्या आउने
तथा बिक्री र बन्दव्यापार फाइदा नहुन सक्छ।
सिंह – तपाईको आज
व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति होला, विद्या
र बुद्धिको विकास हुने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग छ।
कन्या - कन्या राशीका तपाईको आज नयाँ काम वा रोजगारको अवसर पाइएला मित्र वा
आफन्तको सहयोगबाट मिल्ने तथा दूरदराजको यात्रा लाभदायक होला।
तुला - तपाइको आज सामाजिक तथा
धार्मिक कार्यमा रुचि बढेर जानेछ मिष्ठान्न भोजनको अवसर पाइने तथा नजिकको मित्रसँग
भेटघाट होला। जोशजाँगर र उमङ्ग पनि बृद्धी होला।
वृश्चिक – तपाईको आज नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार
पुर्याउनु आवश्यक हुनेछ, शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला, घर व्यवहारको समस्याले
सताउन सक्छ।
धनु – तपाइको आज घरमा अतिथिको आगमन होला, धर्मकर्म तथा समाजसेवामा
मन जानेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।
मकर - मकर राशीका तपाइको आज बन्धु
बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्ने तथा दौडधुप गर्नु परे पनि
लाभ नै हुने र रमाइलो यात्राको योग रहेको छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज बौद्धिक
प्रतिस्पर्धामा विजयी भइएला, नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्न सक्छ सुन्दर
पहिरनले व्यक्तित्वका निखारता ल्याउला।
मिन –
तपाइको आज प्रेमीको
भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुने छ। सामाजिक र परोपकारका मार्गमा अवरोध आउला।
गरेका कार्यमा ढिलासुस्ती हुनेछन।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता