Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक २६ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | २६ कार्तिक २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल कार्तिक २६ गते, कार्तिक कृष्ण चतुर्दशी तिथी आइतबार । आज तिहारको दोस्रो दिन लक्ष्मी पुजा तथा कुकुर तिहार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज धैर्य एवं लगनशीलताले अवसर दिनेछ, पराक्रम बढ्नुका साथै पारिवारिक सुख पनि मिल्न सक्छ। विश्वास गरेकाहरुले साथ दिनेछन।

वृष – तपाइको आज शेयर बजारको कारोबारबाट लाभ मिल्नसक्छ, घुमघाम र सफल भ्रमणमा दिन बित्ने र सामाजिक कार्यमा सफलता मिल्ने देखिन्छ।

मिथुन - तपाईको आज सोचेका काम पूरा होलान, सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको र साथी भाइको भेटघाटले मन प्रफुल्ल रहने योग पनि देखिन्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दिनको उत्तरार्धमा धन लाभ हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने र घरायसी झमेलामा परिन सक्छ।

सिंह – तपाईको आज धर्मकर्म तथा समाज सेवामा मन जानेछ। लगनशीलताले कामहरू अगाडि बढ्ने र चिताएको कामले तीव्रता लिन सक्छ।

कन्या - कन्या राशीका तपाईको आज व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने र मनमा उत्साहका साथै बोली बिक्ने समय रहेको छ।

तुला - तपाइको आज शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु नै उचित होला, स्वादिष्ट भोजन पाइने र वैदेशिक क्षेत्रको काम अघि बढेर जानेछन।

वृश्चिक – तपाईको आज मनमा दुबिधा पनि उत्पन्न होला, आफूलाई कमजोर भएको अनुभूति हुनसक्छ। आत्मबल बढाएर काम गरेमा सफल भइने छ।

धनु – तपाइको आज नयाँ र शुभ समाचार सुन्न पाइएला, धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहने र साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

मकर - मकर राशीका तपाइको आज रोकिएको धन हात पर्ने तर साँझमा पैसा खर्च हुने योग रहेको छ, स्थान परिवर्तनका र मनोरञ्जनमा सहभागी भइने विशेष योग देखिन्छन।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभ समाचार सुन्नमा आउला, चिताएको कामले तीव्रता लिने र वित्तिय संस्थाबाट सहयोग पाइएला। वाक्चातुर्यले सङ्कल्प सिद्ध हुने देखिन्छ।

मिन – तपाइको आजको दिनको उत्तरार्ध उमङ्ग र प्रसन्नताले मनमा खुसियाली छाउनेछ, दिन मध्यम खालकै रहला। शैक्षिक क्षेत्र कमजोर रहने देखिन्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप