Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज असार ६ गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | ६ असार २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल असार ६  गते, असार कृष्ण तृतिया तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज समय मध्यम खालको रहेको छ । अप्रिय समाचार सुन्नुपर्ला। टाढाको यात्रा नगरेकै जाती होला, तर आर्थिक लाभ भने मिल्ला।

वृष - तपाईको आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान दिनेछ। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्न सक्छ।

मिथुन - तपाईको आज शुभकार्यको चर्चा हुनेछ। छोटो दुरीको लाभदायक यात्रा होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। वैदेशिक क्षेत्रको काम अघि बढेर जाला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने, सहयोगीहरूले काममा साथ दिने, वैदेशिक कार्य अघि बढ्ने समय रहेको छ।

सिंह – तपाईको आज हेलचेक्र्याइँले गर्दा कामले उल्टो परिणाम दिन सक्नेछ। आलस्य र थकानको अनुभूति होला। झुटा आरोप लाग्न सक्ला।

कन्या - कन्या राशीका तपाईको आज प्रेममा सफलता प्राप्त मिल्ला। शुभ समाचार सुन्न पाइनुका साथै नसोचेको ठाउँबाट धनार्जन हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पनि पाइएला।

तुला - तपाइको आज धर्म, तथा समाजसेवामा मन जानेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। वैदेशिक लगानीको अवसर जुट्न सक्छ।

वृश्चिक – तपाईको आज एउटै कामबाट दोहोरो लाभ मिल्ला, जोशजाँगर र हिम्मत बढ्ला, व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउन सक्छ।

धनु – तपाइको आज सानो भूलका कारण गरेको काममा बाधा आउनेछ। गरेका काममा ढिलासुस्ती हुने र आर्थिक कारोबारमा मन्दी आउन पनि सक्ने योग छ।

मकर - मकर राशीका आज भाग्यले साथ दिने र काममा सफलता हात पर्ने, मनमा हर्ष, उमङ्ग र उत्साह छाउनुका साथै नजिकको मित्रसँग भेटघाट हुने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्ला। पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिएला। महिला वर्गबाट विशेष सहयोग प्राप्त होला।

मिन – तपाइलाई आज भाग्यले विभिन्न अवसर दिनेछ। रोकिएका काम पुनः सुरु हुने र घरमा अतिथिको आगमन हुने तथा सङ्गीतमा रुचि पनि बढ्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप