शुभ बिहानी, आज २०८० साल जेठ ३० गते, असार कृष्ण दशमी तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज भनेको कुराको विपरीत अर्थ लाग्नेछ। व्यापारको
सिलसिलामा घरबाट टाढा जानुपर्ने र वैदेशिक कार्यहरू अघि बढ्ने समय छ।
वृष - तपाईको
आज सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्नुपर्ने,
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने र न्यायिक कार्यमा सफलता मिल्ने समय रहेको छ।
मिथुन - तपाईको
आज प्रतीक्षा गरिएको काम पूरा होला। परिवारमा
रमाइलो जमघट हुने र अभिभावकले सन्तुष्टि जनाउने र आफन्तसँग भेटघाट पनि होला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने, धैर्य
एवं लगनशीलताले विभिन्न अवसर दिलाउलान, परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला।
सिंह – तपाईको आज बेला
बेलामा मनमा अशान्ति र चञ्चलता आउला, परिवारका लागि धेरै समय दिन नपाइने तथा आर्थिक लाभ भने मिल्नसक्ला।
कन्या - कन्या राशीका तपाइँको आज लाभदायक यात्रा हुने र धनार्जनका नयाँ स्रोतहरू
पत्ता लाग्लानुका साथै सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय पनि रहेको छ।
तुला - आज तपाइको दिन
भाग्यशाली भएर देखा पर्ला। कूटनीतिक नियोगको सहयोग मिल्ने र सामाजिक कामबाट
प्रशंसा प्राप्त होला। नयाँ वस्त्र पनि प्राप्त हुनसक्छ।
वृश्चिक – तपाईको आज सानो प्रयत्नले ठूलो काम सम्पादन होला। प्रेम र
मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ र सफल
यात्राको समय छ।
धनु – तपाइको आज आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस होला, तर ठूलाबडाको आशीर्वाद पाइएमा भने रोकिएको काम
बन्नसक्ला।
मकर - मकर राशीका आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको, एउटै आर्थिक
कारोबारमा सफलता पाइने र साथीभाइले पनि राम्रै सहयोग जुटाउने समय छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज रमाइलो
यात्रा गर्ने अवसर पाइएला, बढी मिहिनेत गर्दा अधिक प्रगति होला, तर अरुको भलाइका लागि
अनावश्यक दौडधुप गर्नु पर्ने समय छ।
मिन – आज व्यापारिक वा दैनिक कामहरू
सन्तोषजनक ढंगले सम्पन्न होलान। वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि
सन्तोषजनक समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता