शुभ बिहानी, आज २०८० साल असार २९ गते, साउन कृष्ण द्वादशी तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज स्वादिष्ट
भोजनको, नयाँ ज्ञान,
सीप र कार्यको योजना बन्ने, वित्तिय संस्था
बाट सहयोग पाइने र बोलीको प्रभाव पनि बढ्ने समय छ।
वृष - तपाईको
आज धर्मकर्म, परोपकार
र समाजसेवा जस्ता कार्यमा मन जाला। मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन
र मन प्रसन्न हुने छ।
मिथुन - तपाईको
आज अनवास्यक यात्रा होला। भौतिक साधन बिग्रनाले
पनि लक्ष्य प्राप्त गर्न समय लाग्ला। जोशजाँगरमा पनि कमी आउला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज आस मारेको काम बन्न सक्छ। अरुको मन जित्न सकिएला।
दाम्पत्य जीवन सुखमय होला। अचल सम्पत्ति हात पर्ने योग पनि रहेको छ।
सिंह – तपाईको आज
प्रतिष्ठित काम गरी अवसर हात पार्ने, चलाखीपूर्ण बोलीले काम बन्ने, पढाइ लेखाइमा उन्नति
र प्रगतिको वातावरण बन्ने समय छ।
कन्या - कन्या राशीका तपाईको आज धार्मिक तथा समाजसेवामा मन लाग्ला। राजनैतिक
कार्यमा सफलता मिल्ला। साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा आँटेको र ताकेको कार्य
पुरा हुने समय छ।
तुला - तपाइको आज सामाजिक र
पारिवारिक सम्बन्धमा चिसोपन देखिनेछ। मित्रहरूले वचन पूरा नगर्न सक्छन, तर साँझमा शुभ समाचार सुन्न पाइएला।
वृश्चिक – तपाईको आज न्यायिक कार्यमा सफलता पाइएला। रोकिएका अधुरा
कामहरू पुरा होलान। धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्न सक्छन।
धनु – तपाइको आज कार्य सम्पादनमा सहजता आउनसक्छ। मित्रबाट विशेष
सहयोग पाइएला। शुभकार्यको चर्चा होला। रमाइलो यात्राको योग पनि छ।
मकर - मकर राशीका तपाइको आज न्यायिक
कार्यमा सफलता मिल्ने, दैनिक कार्यमा प्रगति हुने, नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने, उपहार र मान सम्मान पाइने
समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज प्रयत्न गर्दा पनि
उपलब्धि पाउन मुस्किल होला। आर्थिक कारोबारमा मन्दी आउला। प्रेममा मनमुटावका साथै
मानसिक चिन्ता बढेर जाला।
मिन –
तपाइको आज बौद्धिक
काममा सफलता मिल्ने, कला र गलाको प्रभाव बढ्ने, कुनै कुराले मनमा शान्ति छाउने र
आत्मिक सन्तुष्टि मिल्ने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता