शुभ बिहानी, आज २०८० साल असार २८ गते, साउन कृष्ण एकादशी तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज मनपर्ने
व्यक्तिको भरपुर साथ र सहयोग पाइएला। ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिएला। खानपिन तथा स्वास्थ्यको विशेष ख्याल गर्नपर्नेछ।
वृष - तपाईको
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढ्ला।
दैनिक कार्य सम्पादनमा सहजता होला। व्यापार व्यवसायमा पनि सफलता पाइएला।
मिथुन - तपाईको
आज महत्त्वपूर्ण कार्यमा व्यवधान र माया प्रेममा
कमी आउन सक्छ। एकोहोरो माया प्रेमले सताउला। आर्थिक कारोबारमा विवाद पनि आउनेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज कुनै न कुनै कुराले मनमा प्रसन्नता छउला। मन
अध्यात्मतर्फ आकर्षित बन्ने र कसैकसैका लागि सन्तान प्राप्तिको र व्यवसायबाट लाभ
हुने योग छ।
सिंह – तपाईको आज
एउटै कामबाट दोहोरो लाभ पाइएला बन्धुबान्धवबाट सहयोग मिल्ला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। रमाइलो यात्राको होला।
कन्या - कन्या राशीका तपाईको आज मनमा हर्ष, उमङ्ग
र उत्साह छाउला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। रमणीय र
सुखद् यात्राको होला। धार्मिक यात्राको पनि होला।
तुला - तपाइको आज आर्थिक
कारोबारमा मन्दी आउला। मनमा दुबिधा उत्पन्न र सौन्दर्यतामा धन खर्च होला, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप होला।
वृश्चिक – तपाईको आज विद्या र बुद्धिको विकास होला। पारिवारिक
भेटघाटमा रमाइलो हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र माया प्रेममा
आत्मियताको बढोत्तरी हुनेछ।
धनु – तपाइको आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिएला।
घर परिवारका सदस्यहरूबाट सहयोग पाइएला। सुखद् यात्राको र दैनिक कार्यमा प्रगति
हुने योग छ।
मकर - मकर राशीका तपाइको आज रोकिए
काम दोहोर्याएर गर्दा फाइदा होला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता
पाइएला। नयाँ ज्ञान सिक्ने मौका मिल्ला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज यात्रामा मालसामान
हराउन सक्ला। कार्य सम्पादनमा समस्या आउने र साँझमा पैसा खर्च हुने तथा चोटपटकको
भय रहेको छ।
मिन – तपाइको
आज अध्ययनअध्यापनको
क्षेत्रमा प्रगतिको खबर आउनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला। परिवारका
सदस्यहरूसित भेटघाट पनि होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता