शुभ बिहानी, आज २०८० साल जेठ २४ गते, असार कृष्ण चतुर्थी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज सामाजिक क्षेत्रमा सफलता मिल्ने, प्रेम सम्बन्ध
कसिलो हुने, मनमा सहयोग भाव आउने, वैदेशिक कार्य अघि बढ्ने र धन प्राप्त पनि हुने योग
छ।
वृष - तपाईको
आज कुनै कुराले मनमा प्रसन्नता छाउला, अरुलाई प्रभावित
पारेर काम बन्ल, नसोचेको ठाउँबाट धनागम र दैनिक कार्यमा प्रगती होला।
मिथुन - तपाईको
आज मनमा दुबिधा उत्पन्न हुने, अधिकार प्राप्तिका
लागि संघर्ष गर्नु पर्ने, आर्थिक कारोबारमा मन्दी छउने र महत्त्वपूर्ण कार्यमा
व्यवधान आइपर्न सक्ने सम्भावना छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज धनार्जनका स्रोतहरू पत्ता लाग्लान। शेयर बजारको
लगानीले लाभ देला, आत्मबल बढाएर काम गरेमा बढी सफल भइएला।
सिंह – तपाईको आज स्वादिष्ट
भोजनको, प्रेममा मधुरता छाउने, लामो समय देखि रोकिएको धन हात पर्ने, दिनको
उत्तरार्धमा खर्च हुने योग छ।
कन्या - कन्या राशीका तपाइँको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान, परिवारमा
सुख सन्तोष होला, नयाँ कामको थालनीका साथै स्वास्थ्यमा लाभ मिल्ला।
तुला - आज तपाइको महत्त्वपूर्ण
कार्यमा व्यवधान आउनेछ, साना तिना समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा समस्या आउने तर वैदेशिक क्षेत्रको काम भने अघि बढ्ने समय छ।
वृश्चिक – तपाईको आज विशिष्ट व्यक्तिको साथ पाइएला। दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ। कार्यमा सफलता
मिल्ने र राजनैतिक कार्यमा सफलता पाइएला।
धनु – तपाइको आज वैदेशिक क्षेत्रको काम अघि बढ्ने, व्यावसायिक काममा
राम्रै फड्को मार्न सकिने, विद्यामा सफलता पाइने, र प्रेममा मधुरता छाउने योग छ।
मकर - मकर राशीका तपाईलाई महिला वर्गबाट विशेष सहयोग मिल्ने र परिश्रम गर्दा धनार्जन हुने तथा कुनै
कुराले मनमा शान्ति छाउनुका साथै लाभदायक यात्रा पनि हुने योग छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज लाभहानी, आयव्यय, सुखदुःख
बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो लगानी नगर्दा वेश होला। आत्मबल बढाएर काम गरेमा
असफल नभइएला।
मिन –
तपाईको आज धार्मिक
कार्यमा रुचि बढ्ने र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ। विद्या र
बुद्धिको विकास होला भने गरेको कार्यमा सफलता मिल्ने सम्भावना छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता