Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असार २३ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | २३ असार २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल असार २३ गते, साउन कृष्ण  षष्ठी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज परिवारमा सुख सन्तोष छाउने। सफल यात्रा हुने, कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने, जोशजाँगर र उमङ्ग पनि बढ्ने योग छ।

वृष - तपाईको आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। वित्तिय संस्थाबाट सहयोग पाइएला। व्यापार व्यवसायमा सफलता मिल्ने र  दिनको उत्तरार्ध बढी सुखद् रहला।

मिथुन - तपाईको आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान भने शुभकार्यको चर्चा पनि होला। सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ। कार्य सम्पादनमा समस्या आउने र अनावश्यक ठाउँमा धन खर्च हुने तथा साँझमा खर्च बढ्ने योग रहेको छ।

सिंह – तपाईको आज प्राविधिक काममा सफलता पाइएला। प्रेमीको सहयोग प्राप्त होला। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र चिन्ता छाडेर चिन्तन गर्ने समय रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज रमणीय र सुखद् यात्राको, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने, जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने योग छ।

तुला - तपाइको आज सामाजिक क्षेत्रमा काम गर्नेहरूले मान सम्मान पाउलान। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिने छ भने रमाइलो यात्रा पनि होला।

वृश्चिक – तपाईको आज सरकारी निकायको भए रहला। पढाइलेखाइमा समय दिन नसक्नाले अनावश्यक यात्रा पनि हुनसक्ने छ तर साँझमा कुनै कुराले मन खुसी होला।

धनु – तपाइको आज विद्या र बुद्धिको विकास होला। श्रमको उचित मूल्याङ्कन पनि होला। दाम्पत्य जीवन सुखमय नै हुनेछ। शेयर बजारबाट पनि सफलता पाइएला।

मकर - मकर राशीका तपाइको आज लक्ष्मी प्रसन्न हुने सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने, सांगीतिक क्षेत्रमा रुचि बढ्ने र राज्यबाट मान सम्मान पाइने योग छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज रमाइलो यात्राको, राजनैतिक कार्यमा सफलता मिल्ने, प्रेममा मधुरता छाउने, मनमा हर्ष, उमङ्ग र उत्साह रहने योग रहेको छ।

मिन – तपाइको आज सानातिना समस्यामा अल्झिनु पर्नाले  आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। व्यापार व्यवसायमा पनि मन्दी आउन सक्ला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप