Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ २० गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | २० जेष्ठ २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल जेठ २०  गते, जेठ शुक्ल चतुर्दशी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शुभ समाचार सुन्ने, मनमा हर्ष, उमङ्ग र उत्साह छाउनुका साथै कला र गलाको प्रभाव बढ्ने र वैदेशिक कार्य अघि बढ्ने समय छ।

वृष - तपाईले आज धर्म कर्ममा रुचि बढेर जाला। प्रिय व्यक्तिसँग भेटघाट होला, स्वास्थ्यमा सुधार आउने र स्वइच्छाको भोजन मिल्नेछ।

मिथुन - तपाईलाई आज आकस्मिक धनलाभ भई महिला वर्गबाट सहयोग तथा कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै पारिवारिक सद्भाव पनि बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाइएला, तपाईको आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउने समय छ।

सिंह – तपाईको आज बोलीको भरमा कार्य सम्पादन हुने, आफन्तको प्रगतिमा मन रमाउने र शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै घरमा अतिथिको आगमन हुने योग छ।

कन्या - कन्या राशीका तपाइँको आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न होल, सवारी साधनको खरिद बिक्री हुने योग रहनेछ, लगनशीलताले कामहरू अगाडि बढ्ने देखिन्छ।

तुला - आज तपाइको रोकिएको अधुरो कार्यले पूर्णता पाउला। शुभकार्यको चर्चा हुने, प्रेमीको सहयोग प्राप्त हुने र परिवारमा सुख सन्तोष छाउने समय छ।

वृश्चिक – तपाईको आज अरूलाई प्रभावित पारेर काम बन्ला। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध होला र आयआर्जनका क्षेत्रमा पनि सुधार आउला।

धनु – तपाइले आज मनमा दुबिधा उत्पन्न हुनसक्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने, र यात्रा सफल तथा भेटघाटको योग भने बनेको छ।

मकर - मकर राशीका तपाईको आज सेवा गर्ने अवसर मिल्नसक्छ। शुभकार्यको चर्चा हुनेछ। प्रेममा सफलता पाइएला। कुनै कुराले मनमा प्रसन्नता र शान्ति छउला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज न्यायिक कार्यमा सफलता मिल्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुनेछ। आफन्तको प्रगतिमा मन रमाउला शुभ कार्यमा सरिक भइएला।

मिन – तपाईको आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने र वैदेशिक क्षेत्र कमजोर रहने तथा सौन्दर्यतामा धन खर्च हुनुका सातै पैतृक सम्पत्तिमा विवाद बढ्ने देखिन्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप