शुभ बिहानी, आज २०८० साल असार १६ गते, असार शुक्ल त्रयोदशी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज यात्राबाट हानी हुनसक्ने, जिद्दीपनाले गर्दा काम
बिग्रने, प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्ने तर साँझमा शुभ समाचार पाइने समय छ।
वृष - तपाईको
आज नयाँ कार्यको योजना बन्न सक्छ। सांस्कृतिक
क्षेत्रमा रुचि बढेर जाला। इच्छा र आकाङ्क्षा पूर्ण होलान। मित्र वा आफन्तको सहयोग
पनि पाइएला।
मिथुन - तपाईको
आज मनमा प्रसन्नता छाउन सक्छ। विद्या र बुद्धिको
विकास हुनसक्छ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला। शुभकार्यको चर्चा पनि होला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय
रहनुका साथै कूटनीतिक नियोगको सहयोग मिल्ने र पुनर्मिलनको योग पनि छ।
सिंह – तपाईलाई आज
दबाब र तनाव बढेको महसुस होला। शरीरमा आलस्य आउने र प्रेम सम्बन्धमा खिन्नता बढ्न
सक्ने तथा घर जग्गाबाट भने
लाभ हुन सक्छ।
कन्या - कन्या राशीका तपाईको आज बौद्धिकताको विकास होला। आत्मविश्वास र पराक्रममा
वृद्धि होला। राजनैतिक क्षेत्रमा सफलता पाइएला। सामाजिक कार्यमा सफलता मिल्ला।
तुला - तपाइको आजबाट घर
परिवारसँग समय व्यतीत होला। मानसम्मान र प्रशंसा प्राप्त हुने, धार्मिक र सेवामूलक
गतिविधिमा संलग्न हुने सम्भावना छ।
वृश्चिक – तपाईको आज नयाँ ज्ञान सिक्ने मौका मिल्न सक्छ। मान
प्रतिष्ठामा वृद्धि होला। धर्मकर्म तथा समाजसेवामा मन जाला। लगनशीलताले कामहरू अगाडि
बढ्नसक्छन।
धनु – तपाइको आज भाग्यले साथ दिए पनि मनमा दुबिधा उत्पन्न हुन सक्नेछ।
अवसरवादीहरूले काम बिगार्न खोज्नेछन, तर सफल यात्राको योग रहेको छ।
मकर - मकर राशीका तपाइको आज कला
र गलाको प्रभाव बढ्न सक्ला। सामाजिक मर्यादामा अभिवृद्धि होला। भाग्यले विभिन्न
अवसर जुराउला। विपरीत वर्ग प्रति आकर्षण बढ्ने योग छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज मान्यजन सँग भेटघाट होला,
शत्रुमाथि विजय प्राप्त होला। अर्थमूलक वा कृषिक्षेत्रका काममा मन जाला।
शुभकार्यको चर्चा पनि होला।
मिन –
तपाइको आज बन्धु
बान्धवबाट विशेष सहयोग मिल्नसक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला।
साँझपख शुभ समाचार आउन सक्ने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता