Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस २५ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | २५ पुस २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल पुस २५ गते, पुस कृष्ण चतुर्दशी तिथी बुधबार । सन २०२४ जनवारी १० तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर प्राप्त होला। एउटै कामबाट दोहोरो लाभ हुनेछ। जोशजाँगर र हिम्मत पनि बढेर जानेछ।

वृष – तपाइको आज पहिलेको सफलताले थप हौसला दिनेछ, हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउला।

मिथुन - तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। धर्म, तथा समाजसेवामा मन जानेछ। चिताएको कामले तीव्रता लिन सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज चिताएको काम रोकिने सम्भावना छ, अरूलाई प्रभावित पारेर काम बनाउन सकिएला। खेतिपातीबाट बढी लाभ लिने समय छ।

सिंह – तपाईको आज महिला वर्गबाट विशेष सहयोग मिल्ला। रमाइलो यात्रा गर्ने अवसर पाइएला। पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिएला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज झुटा आरोप लाग्न सक्नेछ, हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिने र आलस्य तथा थकानको अनुभूति होला।

तुला - तपाइको आज वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्न सक्छ, शुभकार्यको चर्चा होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन्।

वृश्चिक – तपाईको आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। सामाजिक र प्राविधिक काम सम्पन्न हुने र त्यसबाट थप ऊर्जा मिल्न सक्छ।

धनु – तपाइको आज इनाम र प्रतिष्ठा कमाउने तथा मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुने समय छ। नजिकको व्यक्तिको सहयोगबाट कार्यहरु पुरा होलान।

मकर - मकर राशीका तपाइको आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वास्थ्यको ख्याल गर्नु होला, प्रेमीको सहयोग प्राप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने तथा शुभकार्यको चर्चा चल्ने समय छ।

मिन – तपाइको आज नजिकको मित्रसँग भेटघाट होला। भाग्यले साथ दिने तथा काममा सफलता हात पर्ला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउन सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप