Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पुस २० गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | २० पुस २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल पुस २० गते, पुस कृष्ण नवमी तिथी शुक्रबार । सन २०२४ जनवारी ५ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउनुका साथै शरीरमा ऊर्जा प्रदान गर्नेछ। जिम्मेवारी बढ्न सक्ने समय आएको छ ।

वृष  तपाइको आज सजिलै अरूको मन जित्न सकिएला। भाग्यले साथ दिनुका साथै आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइएला।

मिथुन - तपाईले आज गर्नु भएको कडा परिश्रम व्यर्थै खेर जान सक्नेछ। सामाजिक र परोपकारका मार्गमा अवरोध आउन सक्छ। आहार विहारमा भने सजग रहनु होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सामाजिक तथा परोपकारजन्य कार्यमा लगाव बढ्नुका साथै, लोकप्रियताको अवसर पनि प्राप्त होला। आजको दिन घरमै बसेर मनोरञ्जनपूर्ण समय बित्नेछ।

सिंह तपाईको आज पारिवारिक भेटघाट होला। प्रविधि मार्फत दैनिकी सहज हुने र आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि पाइनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज कुनै खबरले मनमा हर्ष र प्रसन्नता छाउनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनुका साथै परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ।

तुला - तपाइको आज परिवारभित्रका झिनामसिना काममा झन्झट र समय खर्चनु पर्ला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ।

वृश्चिक  तपाईको आज गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता पाइनेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न होला।

धनु  तपाइको आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहला, सेयरबजारबाट राम्रै लाभ हुनेछ

मकर - मकर राशीका तपाइको आज नयाँ काम र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ला। वाणीमा कुशलता आउने दिन रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज गरेको कार्यबाट सफलता पाइएला। भाग्य बलमा कमी भएको आभास गर्नु होला। सामाजिक काममा व्यस्त हुने समय छ

मिन – तपाइको आज रचनात्मक कार्यमा जुट्दा फाइदा होला, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक देखिएको छ। बोलीवचन र भाषण आदिमा प्रशंसा पाइनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन 

  • न्युज बहार संवाददाता

थप