Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस १४ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | १४ पुस २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल पुस १४ गते, पुस कृष्ण तृतिया तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज दिनको उत्तरार्धमा धन खर्च होला। हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हुनेछ। मनमा दुबिधा उत्पन्न होला।

वृष – तपाइको आज कार्य सम्पादनमा सहजता हुनेछ। पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न होला। लगनशीलताले कामहरू अगाडि बढ्नसक्छन।

मिथुन - तपाईको आज आत्मिक सन्तुष्टि मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ होला। वैदेशिक कार्य अघि बढ्ने र धर्मकर्म तथा समाजसेवामा जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज व्यापार व्यवसायबाट लाभ नहुने सक्छ। पारिवारिक सद्भाव भने बढ्नेछ। नयाँ व्यक्ति सँग भेटघाट हुने समय रहेको छ। मिहिनेत गर्दा प्रगति होला।

सिंह – तपाईको आज गरेको काममा ढिलासुस्ती होला। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ। मेहनतीहरूका लागि दिन फलदायी नै हुनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज शुभकार्यको चर्चा होला। परिवारजनको साथले नयाँ आशा दिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने र यात्रा लाभदायक र मनोरञ्जनपूर्ण हुने समय छ।

तुला - तपाइको आज आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला। रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। कला र गलाको प्रभाव बढ्ने र मनोरञ्जनमा सहभागि भइनेछ।

वृश्चिक – तपाईको आज नयाँ कार्य गर्ने योजना बन्न सक्छ। सानो प्रयत्नले ठूलो काम सम्पादन होला। श्रमको उचित मूल्याङ्कन हुने र विद्या, बुद्धिको विकास होला।

धनु – तपाइको आज बोलीको विपरीत अर्थ लाग्नसक्ने हुनाले संयम रहनु होला । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला।

मकर - मकर राशीका तपाइको आज वैदेशिक क्षेत्रको काम अघि बढेर जानेछ। अतिथिका रूपमा सम्मान पाइएला। आत्मिक सन्तुष्टि मिल्ने र श्रमको उचित मल्याङ्कन होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ अलङ्कारको प्राप्ति होला।

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन भने। मनमा हर्ष छाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

मिन – तपाइको आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्ने र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला। शुभकार्यको चर्चा हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप