शुभ बिहानी, आज २०८० साल भदौ २४ गते, भदौ कृष्ण एकादशी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज नयाँ र शुभ
कार्यको चर्चा हुनेछ। स्वादिष्ट खानेकुराको परिकार खान पाइएला। प्रविधि मार्फत
टाढा रहेका आफन्तसँग भेटघाट होला।
वृष – तपाइको आजको समय पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक
फाइदा हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू सफल पुरा हुनेछन।
मिथुन - तपाई आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने, जटिल
ठानिएको कामसमेत सम्पादन हुने, चिताएको कामले तीव्रता लिने समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज स्वास्थ्यप्रति
सजग रहनु पर्नेछ। दबाब र तनाव बढेको महसुस होला। महत्त्वपूर्ण अवसर गुम्न सक्ने र
यात्रामा सावधानी अपनाउनु पर्ने देखिन्छ।
सिंह – तपाईको आज
शुभकार्यको चर्चा हुनेछ। कुनै कुराले मनमा शान्ति छाउला। पेसाव्यवसायका क्षेत्रमा
उन्नति प्रगतिको वातावरण रहेको छ।
कन्या - कन्या राशीका लागी आज अधिकार प्राप्त गर्न गरिएको प्रतिस्पर्धामा विजयी
भइएला। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन होला।
तुला - तपाइको आज रोकिएका काम
पुनः सुरु हुन सक्नेछन। धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला। कसैकसैका लागि
सन्तान प्राप्तिको योग पनि रहेको छ।
वृश्चिक – तपाईको आज परिवारजनको साथले नयाँ आशा दिनेछ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता पाइएला तर यात्रा नगरेकै राम्रो होला।
धनु – तपाइको आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। सामाजिक
र धर्मकर्मको क्षेत्रमा मन जानेछ। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास गर्नुहोला।
मकर - मकर राशीका तपाइको आज ज्ञान
र अध्यात्मको भावना जाग्न सक्नेछ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत होला।
साझेदारीको काममा सहयोग पाइएला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज लाभदायक यात्राको
सम्भावना छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। नोकरी गर्नेले मानसम्मान
पाउनुहुनेछ।
मिन –
तपाइको आज दबाब
र तनाव बढेको महसुस होला। कार्य सम्पादनमा समस्या आउने र जिद्दीपनाले गर्दा काम
बिग्रने डर तथा नोक्सानी बेहोर्नु पर्ने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता