Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन १४ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | १४ साउन २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल साउन १४ गते, साउन शुक्ल  द्वादशी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज रमणीय र सुखद् यात्रा हुने, नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने, जोशजाँगर र हिम्मत बढ्ने र दैनिक कार्यहरूमा प्रगति हुने योग छ।

वृष - तपाईको आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु जरुरी हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्ने र नियमित खर्चसमेत बढ्ने समय छ।

मिथुन - तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता पाइएला। लगानी गर्ने समय रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मित्रताको बन्धन कसिनेछ। दाम्पत्य सुखमा रमाउने, रमणीय र टाढाको यात्रा फलदायी हुने र आकस्मिक धन लाभ हुने समय छ।

सिंह – तपाईको आज शुभ समाचार सुन्न पाइएला। मनोरञ्जनको क्षेत्रमा सहभागी हुनुहोला। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति पनि हुने होला।

कन्या - कन्या राशीका तपाईको आज शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला। झुटा आरोप आइपर्दा समस्या आउनेछ,  तर आफन्तको सहयोग र धन हात पर्न पनि सक्छनेछ।

तुला - तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोला। स्वादिष्ट भोजन पाइएला। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि जानेछ।

वृश्चिक – तपाईको आज अतिथिका रूपमा सम्मान पाइएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्ने समय छ।

धनु – तपाइको आजको लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा होला। वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक समय छ भने शुभकार्यको चर्चा पनि हुनेछ।

मकर - मकर राशीका तपाइको आज स्वास्थ्यमा समस्या आउनसक्ने, स्वास्थ्य प्रति सचेत रहनु पर्ने साँझमा शुभ र नयाँ समाचार पनि सुन्न पाइने तथा तीर्थाटनको योग छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा होलान। पारिवारिक सहयोग मिल्ला। कुनै कुराले अनुहारमा कान्ति पनि छाउन सक्छ।

मिन – तपाइको आज परिवारजनको साथले नयाँ आशा दिनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिएला। मित्रबाट विशेष सहयोग पाइनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप