Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन १२ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | १२ साउन २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल साउन १२ गते, साउन शुक्ल  दशमी तिथी शुक्रबारन्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज विवाद तथा प्रतिष्पर्धामा भाग नलिनु राम्रो होला। लगानीबाट नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ। खर्च बढ्ने हुँदा मन चिन्तित होला।

वृष - तपाईको आज नयाँ कमको थालनी हुने, धार्मिक यात्राको, सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने र धन सम्पत्ति पनि हात पर्ने योग छ।

मिथुन - तपाईको आज मङ्गल कार्यको, आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्लने, आतिथ्यपूर्ण सम्मान पाइने र शेयर बजको लगानीले पनि लाभ दिने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज धार्मिक कार्य सफल र प्रेम सम्बन्ध कसिलो होला। पुँजी बजारको लगानीले पछि लाभ दिनेछ। नयाँ ज्ञान सिक्ने मौका पनि मिल्न सक्छ।

सिंह तपाईको आज महत्त्व पूर्ण अवसर गुम्न सक्ला। प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनुका साथै मनोरञ्जनमा सहभागी भइएला।

कन्या - कन्या राशीका तपाईको आज आँटेको र ताकेको कार्य पुरा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिएला। बोलीको प्रभाव पनि बढ्ने र शुभकार्यको चर्चा हुनेछ।

तुला - तपाइको आज दाम्पत्य जीवन सुखमय होला। वैदेशिक कार्य अघि बढ्ने र यात्रामा सावधानी अपनाउनु पर्ने तथा तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ नहुने समय छ।

वृश्चिक  तपाईको आज प्रेम र मित्रताको बन्धन कसिने, नयाँ कार्यको योजना बन्ने, कार्य सम्पादनमा सहजता मिल्ने, दिनको उत्तरार्ध सुखद् रहने समय छ।

धनु  तपाइको आज अधिकार प्राप्तिका लागि संघर्ष गर्न पर्ने, महत्त्वपूर्ण अवसर गुम्ने, सामान हराउने, विपरीत वर्गबाट विशेष सहयोग मिल्ने योग छ।

मकर - मकर राशीका तपाइको आज शुभकार्यको चर्चा हुने, नयाँ सवारी साधन प्राप्तिको, राजनैतिक कार्यमा सफलता मिल्ने र प्रेमीबाट विशेष सहयोग मिल्ने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज महिला वा मित्रबाट विशेष सहयोग पाइएला। ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा पनि सफलता मिल्न सक्छ।

मिन – तपाइको आज अधुरो काम पूरा हुनेछ। दाम्पत्य सुखले प्रफुल्लित भइएला। वैदेशिक कार्य अघि बढ्ने र व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप