शुभ बिहानी, आज २०८० साल असोज ४ गते, भदौ शुक्ल षष्ठी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज जिद्दीपनाले
गर्दा काम बिग्रने भय रहेको छ। प्रेमी प्रेमीकाका बिच खिन्नता छउला। सौन्दर्यतामा
धन खर्च हुने र वैदेशिक कार्य अघि बढ्न सक्छ।
वृष – तपाइको आज मान्यजनसँग भेटघाट र शत्रुमाथि विजय प्राप्त होला।
श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जाला। शुभकार्यको चर्चा पनि हुनछ।
मिथुन - तपाई आज बन्धु बान्धवबाट विशेष सहयोग पाइएला। साँझपख शुभ
समाचार आउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज कला र गलाको
प्रभाव बढ्ला। सामाजिक मर्यादामा अभिवृद्धि होला। भाग्यले विभिन्न अवसर दिनेछ।
विपरीत वर्ग प्रति आकर्षण बढ्ला।
सिंह – तपाईको आज
अनावश्यक धन खर्च हुने र मानसिक चिन्ता बढ्ला। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला, तर वैदेशिक काम भने सफल होला।
कन्या - कन्या राशीका तपाईको आज मनमा प्रसन्नता छउला। मित्र सँग विशेष भेटघाट होला।
शुभकार्यको चर्चा पनि हुनेछ। समाज र जनताको पनि साथ पाइएला।
तुला - तपाइको आज सांस्कृतिक
क्षेत्रमा रुचि बढ्ने र छोटो दुरीको लाभदायक यात्रा होला। अधिकार प्रयोग गर्न
पाइनेछ भने स्वास्थ्य प्रति भने
सजग रहनु आवश्यक होला।
वृश्चिक – तपाईको आज नयाँ ज्ञान सिक्ने मौका मिल्ला। मान प्रतिष्ठामा
वृद्धि हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन जाला। राजनैतिक क्षेत्रमा सफलता पाइएला।
धनु – तपाइको आज तनाव बढेको महसुस होला। मनमा निराशा र शरीरमा
आलस्य छाउला। अनावश्यक यात्रा गर्नु पर्ला। प्रेमी प्रेमिकाका बिच खिन्नता आउनेछ।
मकर - मकर राशीका तपाइको आज प्रेमसम्बन्ध
र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ। कूटनीतिक नियोगको सहयोग पाइएला। पुनर्मिलनको
योग पनि छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज धार्मिक र सांस्कृतिक
गतिविधिमा संलग्न हुनेछ। छोटो यात्रा सफल नै होला, तर लामो यात्राबाट हानी हुने र मानसम्मान पनि पाइनेछ।
मिन –
तपाइको आज बौद्धिकताको
विकास होला। आत्मविश्वास र पराक्रममा वृद्धि होला। राजनैतिक क्षेत्रमा सफलता पाइएला।
न्यायिक कार्यमा सफलता मिल्ने देखिन्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता