Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर ७ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | ७ मंसिर २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल मंसिर ७ गते, कार्तिक शुक्ल हरिबोधनी एकादशी तिथी बिहिबार । आज तुलसी बिवाह । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज साँझमा शुभ समाचार पाइएला, निर्णय कार्यान्वयन नहुन सक्छ। आत्मबलमा कमी आउने र मन भावुक र उत्ताउलो हुनेछ।

वृष  तपाइको आज रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउन सक्छ, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नका साथै मिष्ठान्न भोजनको अवसर पाइएला।

मिथुन - तपाईको आज जोशजाँगर र हिम्मत पनि बढेर जानेछ, प्रेम जीवन सुखद् रहला। एउटै कामबाट दोहोरो लाभ मिल्नुका साथै बन्धु बान्धवबाट सहयोग पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दैनिक कार्य र पढाइमा प्रगति होला, कुनै समाचारले मनमा शान्ति छाउनुका साथै धर्मकर्ममा मन जानेछ। गरेका कामबाट राम्रै लाभ होला।

सिंह तपाईको आज सरकारी निकायको भय रहनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। सौन्दर्यतामा धन खर्च होला।

कन्या - कन्या राशीका तपाईको आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ, परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ भने सामाजिक कार्यमा सफलता हात लाग्ला।

तुला - तपाइको आज शुभ कार्यको योजना बन्न सक्छ, विपरित वर्गबाट विशेष सहयोग पाइनुका साथै बिनाप्रतिस्पर्धा फाइदा हुने र जोशजाँगर तथा हिम्मत बढ्ने छ।

वृश्चिक  तपाईको आज साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ, जोशजाँगर र उमङ्ग बढ्नुका साथै रोकिएका कामहरू पुनः सुरु हुनेछन। कृषि कार्य अघि बढ्ला।

धनु  तपाइको आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ, आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहला।

मकर - मकर राशीका तपाइको आज प्रेममा मनमुटाव पनि आउन सक्नेछ, मन भावुक र उत्ताउलो हुनसक्छ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ने र अनावश्यक ठाउँमा धन खर्च हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च होला। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछन।

मिन – तपाइको आज नयाँ ज्ञान सिक्ने मौका मिल्ला, सजिलै अरूको मन जित्न सकिएला। आफन्तको प्रगतिमा मन रमाउने र नयाँ कार्य वा रोजगारको योजना बन्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप