मंसिर २१ २०८०
शुभ बिहानी, आज २०८० साल मंसिर २१ गते, मंसिर कृष्ण दशमी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन
कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको लागी प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिएला। आदर्श व्यक्तित्व सँगको सहकार्यले
नयाँ अनुभव दिनेछ। चुनौतीको सामना बने गर्नुपर्नेछ।
वृष – तपाइको आज बोलीको प्रभाव बढेर जानेछ,
चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल पाइएला। रोकिएका अधुरा कामहरू पुरा होलान।
मिथुन - तपाईको आज दुष्ट व्यक्तिको
सङ्गतिले आत्मघाती काम गर्न पुगिनेछ त्यसैले सचेत रहनुहोला। गरेको कार्यमा बाधा आउला।
धूम्रपान र मद्यपानबाट टाढै रहनु राम्रो हुनेछ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज व्यापारमा भने सफलता नमिल्न सक्छ। आँटेको कार्य अगाडि बढेर जानेछ। साहित्यिक
क्षेत्रमा रुचि बढ्ने र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।
सिंह – तपाईको आज मानसिक चिन्ता भने बढेर जानेछ। दैनिक
कार्यमा प्रगति होला। धार्मिक तथा समाजसेवामा मन जाने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।
कन्या – कन्या राशी
हुनेहरुको लागी दैनिकी विस्तारै सहज हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइएला।
साहित्यिक क्षेत्रमा रुचि बढ्ने र पार्टनरसिपको कार्यमा सफलता पाइएला।
तुला - तपाइको आज साँझमा भने मन प्रसन्न होला। आर्थिक कारोबारमा विवाद आउला। स्वास्थ्यमा
समस्या आउन सक्ने हुनाले स्वास्थ्य प्रति सजग रहनु होला।
वृश्चिक – तपाईको आज स्वादिष्ट परिकारहरू
खान पाइएला। राजनीतिक क्षेत्रको काम
अघि बढ्ला। नयाँ कार्यको योजनले गति लिनेछ। शुभ कार्यको चर्चा होला।
धनु – तपाइको आज वैदेशिक क्षेत्रमा
सफलता मिल्ने र नयाँ कार्यको थालनी होला।
अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। सांगीतिक क्षेत्रमा रुचि बढ्ला।
मकर - मकर राशीका तपाइको आज नयाँ कार्यको योजना बन्न सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ। न्यायिक कार्यमा सफलता र शुभ समाचार
सुन्न पाइनेछ।
कुम्भ - कुम्भ राशीका तपाइको आज छटपटी बढ्नाले मन कमजोर हुनेछ। वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइएला। अधिकार प्राप्तिका
लागि संघर्ष गर्नु पर्नेछ।
मिन – तपाइको आज कुटुम्बको सहयोग पाइएला। स्वादिष्ट भोजन र महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सामाजिक हितको काम अघि बढ्ने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता