शुभ बिहानी, आज २०८० साल जेठ २५ गते, असार कृष्ण पञ्चमी तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज नयाँ र महत्त्वपूर्ण कामको थालनी होला, सामाजिक
क्षेत्रमा सफलता मिल्ने र पुँजी बजारमा गरेको लगानीले सफलता दिनेछ।
वृष - तपाईको
आज कला र गलाको प्रभाव बढ्ने, सामाजिक मर्यादामा
अभिवृद्धि हुने, र भाग्यले विभिन्न अवसर जुराउने तथा विपरीत वर्ग प्रति आकर्षण
बढ्ने समय रहेको छ।
मिथुन - तपाईको
आज काम बिग्रने डर होला, प्रेमी प्रेमिकाका बिच
खिन्नता बढ्न सक्ला, सौन्दर्यतामा धन खर्च होला र साँझपख भने शुभ समाचार आउन सक्ने
छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। माया
प्रेममा सामीप्यता बढ्ने र वैदेशिक काममा सफलता मिल्ने योग छ।
सिंह – तपाईको आज इच्छा
र आकाङ्क्षा पूर्ण होलान, छोटो दुरीको लाभदायक यात्रा होला, मित्र वा आफन्तको
सहयोग मिल्ला र सांस्कृतिक क्षेत्रमा रुचि बढेर जाला।
कन्या - कन्या राशीका तपाइँको आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ।
कूटनीतिक नियोगको सहयोग मिल्ने र पुनर्मिलनको योग छ।
तुला - आज तपाइको आज
समयमा होस नपुग्नाले काम रोकिन सक्ने र तर लगनशीलताले कामहरू अगी बढ्ने तथा साँझमा आर्थिक
लाभ पनि मिल्ने समय छ।
वृश्चिक – तपाईको आज आफन्तको प्रगतिमा मन रमाउला। विद्या र बुद्धिको
विकास होला। श्रमको उचित मूल्याङ्कन हुने र महिला वा मित्रबाट सहयोग मिल्ने समय छ।
धनु – तपाइको आज विलासी बस्तुको प्रयोग गर्न पाइएला। शुभकार्यको
चर्चा हुनुका साथै। पुराना मित्रहरूसँग भेट हुने र परिश्रम गर्दा धनार्जन हुने योग
छ।
मकर - मकर राशीका तपाईलाई आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने र व्यावसायिक काम राम्रै
हुने तथा शुभकार्यको चर्चा पनि हुने सम्भावना रहेको छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज अनावश्यक
यात्रा होला। प्रेमी बिच खिन्नता बढ्न सक्ला, मनमा निराशा र शरीरमा आलस्य आउला, तर साँझमा कुनै कुराले मन खुसी होला।
मिन –
तपाईको आज आत्मविश्वास
र पराक्रममा वृद्धि होला, बौद्धिकताको विकास होला, राजनैतिक क्षेत्रमा सफलता
मिल्ने र न्यायिक कार्यमा सफलता मिल्ने समय छा।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता