Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन ११ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | ११ साउन २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल साउन ११ गते, साउन शुक्ल  नवमी तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने, जोशजाँगर र उमंग बढ्ने, धर्मकर्म तथा समाज सेवामा मन लाग्ने र मनोबल पनि उच्च रहने समय छ।

वृष - तपाईलाई आज भाग्यले साथ दिने, दाम, इनाम र प्रतिष्ठा कमाउने, सफल र रमाइलो यात्राको, धर्मकर्ममा मन पनि जाने योग रहेको छ।

मिथुन - तपाईको आज शुभकार्यको चर्चा हुनेछ। साहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा दाम्पत्य जीवन सुखमय होला। बोलीको प्रभावले अरुको मन जित्न सकिएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ,  तर प्राविधिक कामबाट भने सफलता पाइएला।

सिंह – तपाईको आज धर्मकर्ममा मन जाला। आँटेको र ताकेको कार्य पुरा हुनुका साथै साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ। आकस्मिक धन लाभ हुनसक्छ।

कन्या - कन्या राशीका तपाईको आज नयाँ वस्त्र तथा अलंकार प्राप्तिको, सामाजिक क्षेत्रमा सफलता मिल्ने, न्यायिक कार्यमा सफलता मिल्ने, भूमिबाट लाभ पनि हुने समय छ।

तुला - तपाइको आज धर्मकर्ममा मन जानेछ। आँटेको र ताकेको कार्य पुरा होलान। साथी भाइको भेटघाटले मन प्रफुल्ल होला। आकस्मिक धन लाभ हुनसक्छ।

वृश्चिक – तपाईको आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्ला। यात्रामा पनि सावधानी अपनाउनु पर्ला।

धनु – तपाइको आज राज्यबाट मान सम्मान पाइएला। कुटुम्बको सहयोग मिल्ने र विद्या, बुद्धिको विकास हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न होलान।

मकर - मकर राशीका तपाइको आज भाग्यले विभिन्न अवसर जुराउला। श्रमको उचित मूल्याङ्कन होला। स्वास्थ्यमा सुधार आउला भने  शिक्षामा सफलता पनि मिल्नेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज महिला वर्गबाट विशेष सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धनागम होला। वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने र सफल यात्रा पनि हुने सम्भावना छ।

मिन – तपाइ आज यात्रा गर्दा सचेत होनुहोला । झन्झटिलो काममा संलग्न हुनुपर्ने, नजिकका व्यक्तिबाट धोका पाइएने र आर्थिक लाभ मिल्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप