Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस २२ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल पुस २२ गते, पुस कृष्ण एकादशी तिथी आइतबार । सन २०२४ जनवारी ७ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज कृषि कार्यमा सफलता पाइनेछ। घर परिवारप्रति जिम्मेवारी बढ्ने र परिणाममुखी जिम्मेवारी वहन गर्ने समय रहेको छ।

वृष – तपाइको आज रचनात्मक कार्यमा जुट्दा फाइदा होला। सांस्कृतिक कार्यमा सरिक भइएला। बोलीवचन एवं भाषण आदिमा प्रशंसा पाइनेछ।

मिथुन - तपाईको आज आहार विहारमा सजगता अपनाउनु होला। आफन्तजनसँग सुमधुर सम्बन्ध कायम रहला। सामाजिक महत्वको क्षेत्रको भ्रमण हुने सम्भावना रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्ला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

सिंह – तपाईको आज सांस्कृतिक कार्यमा सरिक पनि भइएला। नाताकुटुम्बको आगमन होला भने परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना रहेको छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज सजिलै अरूको मन जित्न सकिनेछ भने त्यसबाट लाभ पनि होला। परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइएला।

तुला - तपाइको आज परोपकारजन्य कार्यमा बढी लगाव हुनेछ। घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण रहला। व्यवसायिक क्षेत्रबाट लाभ होला।

वृश्चिक – तपाईको आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ। लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहेकको छ।

धनु – तपाइको आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पाइनाले मनमा हर्ष र प्रसन्नता बढ्नेछ। परोपकारका क्षेत्रमा लगानी गर्ने समय रहेको छ।

मकर - मकर राशीका तपाइको आज धन हात पर्ने र सेवा गर्ने अवसर प्राप्त हुने सम्भावना रहेको छ। करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आफन्त, सहयोगी र मित्रवर्गको साथ र सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न होला। साथीभाइसँग रमाइलो गरि दिन बित्नेछ।

मिन – तपाइको आज यात्रा गर्दा बाटोमा दुख हुन सक्नेछ। काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप