शुभ बिहानी, आज २०८० साल असोज २७ गते, असोज कृष्ण औँशी तिथी शनिबार । स्रोह श्राद्ध समापन, पितृ बिसर्जन। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज स्वास्थ्य
समस्याले सामान्य सताउन सक्नेछ, सुखद् यात्रा हुने, नयाँ ज्ञान सिक्ने मौका मिल्ने
र रोकिएका काम पुनः सुरु हुन सक्ने योग
रहेको छ ।
वृष – तपाइको आज मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन
होला, राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय रहेको छ।
मिथुन - तपाईको आज केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त होला,
प्रेममा बाधाका साथै मन कमजोर हुनेछ। यात्रामा मालसामान हराउन सक्नेछ विचार गर्नु
होला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आक वैदेशिक
कार्य पनि अघि बढ्ने र काम गर्ने जोशजाँगर र उमङ्ग बढेर जानेछ। चिताएको कामले
तीव्रता लिने तथा नयाँ कामको थालनी पनि हुनेछ।
सिंह – तपाईको आज
मनमा उत्साहका साथै बोली बिक्ने, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने, नयाँ
जिम्मेवारी पाइने र शुभकार्यको चर्चा हुने समय छ।
कन्या - कन्या राशीका तपाईको आज दैनिक कार्यमा प्रगति पनि हुनाले, नयाँ कार्यको
योजना बन्ला। धार्मिक यात्रा तथा नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने योग छ।
तुला - तपाइलाई आज महत्त्वपूर्ण
अवसर गुम्नाले आफन्तसँग मनमुटाव बढेर जानेछ। अनावश्यक ठाउँमा धन खर्च हुनसकक्छ।
वैदेशिक क्षेत्र कमजोर रहला।
वृश्चिक – तपाईको आज दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुने छ, आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान।
धनु – तपाइको आज स्वादिष्ट भोजन पाइन सक्छ, विवेकको प्रयोग गर्न सके
आजको दिनलाई सकारात्मक बनाउन सकिएला। साथीबाट सहयोग मिल्न सक्छ।
मकर - मकर राशीका तपाइको आज स्वादिष्ट
भोजन पाइएला, टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला। शुभकार्यको चर्चा चल्ने
र आँटेको र ताकेको कार्य पुरा हुने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज स्वास्थ्य प्रति
सचेत रहनु पर्नेछ, अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने र
आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
मिन –
तपाइको आज सन्तान
सुख मिल्नसक्नेछ, शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्लान। घरमा अतिथिको आगमन होला
भने पुरानो समस्या सुल्झाउन सकिएला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता