Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन २७ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | २७ साउन २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल साउन २७ गते, साउन कृष्ण एकादशी तिथी शनिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज जोशजाँगर र हिम्मत बढेर जानेछ। मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग पाइएला। पारिवारिक सद्भाव पनि बढ्ला।

वृष  तपाइको आज आँटेको र ताकेको कार्य पुरा हुनेछ। खानपिन कार्यमा सरिक भइएला। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि होला।

मिथुन - तपाईले आज आफूलाई कमजोर भएको अनुभूति होला। कष्टकर यात्रा गर्नु पर्नेछ। भ्रमण, तथा खानपान खर्च बढ्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज समाजसेवामा तथा धर्ममा मन जानेछ। सामाजिक कार्यमा सफलता पाइएला। शुभकार्यको चर्चा होला। राज्यबाट सहयोग मिल्नेछ।

सिंह तपाईको आज सामाजिक क्षेत्रमा सफलता पाइएला। वैदेशिक कार्य अघि बढ्ने तथा कुटुम्बको सहयोग पाइनेछ। कार्य सम्पादनमा सहजता होला।

कन्या - कन्या राशीका तपाईको आज परोपकार काम गर्नुमा नै भलो होला। घरपरिवारमा रमाइलो वातावरण बन्नेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनु आवश्यक हुनेछ।

तुला - तपाइको आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्नेछ, काम गर्दा सजग भएर काम गर्नुहोला। यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्ला।

वृश्चिक  तपाईको आज रमाइलो यात्रा र आफन्तको सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। शुभ समाचार सुन्न पाइनेछ।

धनु  तपाइको आजको दिन परोपकारी कार्यमा संलग्न हुने, साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुने तथा अतिथिको रूपमा सत्कार पाइने समय छ।

मकर - मकर राशीका तपाइको आज शुभकार्यको चर्चा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने, भौतिक सुविधाका साधन खरिद गर्ने बेला छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज गरेको लगानीबाट नोक्सानी होला। लेनदेनको कार्यमा विशेष ख्याल गर्नुपर्नेछ। चिसोबाट पनि बच्नुहोला तर, नयाँ कार्यको योजना भने बन्नसक्छ।

मिन – तपाइको आज विद्या तथा प्रतिस्पर्धामा सफल भइएला। लगनशीलताले कामहरू अगाडि बढ्लान। प्रेमीको सहयोग पाइएला। आफन्तसँग भेटघाट पनि होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप