शुभ बिहानी, आज २०८० साल मंसिर ४ गते, कार्तिक शुक्ल अष्टमी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको आज सुन्दर पहिरनले
व्यक्तित्वमा निखारता ल्याउला, दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल होला।
नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना रहेको छ।
वृष – तपाइको आज खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ, अवसरको
खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन रहेको छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ।
मिथुन - तपाईको आज आफन्त सँग भेट घाट हुनसक्छ, दाजु भाइबाट सहयोग र
ससुराली पक्षसँग सम्बन्ध राम्रो हुनेछ। कृषि कार्यबाट लाभ मिल्न सक्छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज प्रेममा
मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न होला, स्वाभिमान र घमण्डका कारण केही
समस्याहरू सिर्जना हुनसक्नेछन।
सिंह – तपाईको आज
कला र गलाको प्रभाव बढ्ला। अग्रजको
सहयोगले कार्य सम्पादन होला। शुभकार्यको चर्चा हुनुका साथै परिवारमा सुख सन्तोष
छाउनेछ।
कन्या - कन्या राशीका तपाईको आज नजिकका व्यक्तिबाट विश्वासघात हुनसक्छ, यात्रा
गर्दा सचेत रहनुहोला। महत्त्वपूर्ण अवसर गुम्ने र झन्झटिलो काम लिनुपर्ने हुनसक्छ।
तुला - तपाइको आज सामाजिक
सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्ला, नयाँ कामको थालनी या योजना बन्न
सक्छ। दाम,
इनाम र प्रतिष्ठा कमाउने समय छ।
वृश्चिक – तपाईको आज शत्रु र विपक्षीहरू पनि पराजित हुनेछन, लगानीमा
रहेको रकम फिर्ता आउला। विपरित वर्गसँग भेटघाट, साथ
र सहयोग पाइनेछ।
धनु – तपाइको आज आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना रहेको छ। विद्या र नयाँ ज्ञान बढ्ने तथा सामाजिक र धार्मिक
कार्यमा खर्च हुनेछ।
मकर - मकर राशीका तपाइको आज सामाजिक
क्षेत्रमा सफलता मिल्ला, मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउला। शुभ समाचार
सुन्न पाइनेछ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज बहुप्रतीक्षित इच्छा
र उद्देश्य सफल होलान, सामाजिक प्रसिद्धि प्राप्त होला। वाक्पटुता द्वारा आफ्नो
काम सफल बनाउन सकिएला।
मिन –
तपाइको आज पारिवारिक
सद्भाव बढ्ने र परोपकार तथा समाजसेवा जस्ता कार्यमा मन जानेछ। रोकिएको धन र
व्यापार, व्यवसायमा
लाभ मिल्न सक्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता