Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पुस ९ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | ९ पुस २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल पुस ९ गते, मंसिर शुक्ल चतुर्दशी तिथी सोमबार । आज क्रिसमस डे । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज लाभदायक यात्रा होला। महिला वर्ग बाट विशेष सहयोग पाइनेछ भने परिश्रम गर्दा धनार्जन अवश्य हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला।  

वृष  तपाइको आज दिनको उत्तरार्ध बढी सुखद् रहला। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। विद्यामा सफलता पाइने र प्रेममा सम्बन्धमा मधुरता छाउनसक्छ।

मिथुन - तपाईको आज यात्रामा मालसामान हराउन पनि सक्नेछ। मनमा निरास र शरीरमा आलस्य उनसक्छ। मनमा अविश्वास उत्पन्न होला भने प्रेममा मनमुटाव आउला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज वैदेशिक कार्य अघि बढ्नेछ भने लाभ पनि हुनेछ। सामाजिक क्षेत्रमा सफलता पाइएला। प्रेम सम्बन्ध कसिलो हुनुका साथै मनमा सहयोग भाव आउनेछ।

सिंह तपाईको आज वैदेशिक क्षेत्रको काम अघि बढ्ने र धनार्जनका स्रोतहरू पत्ता लाग्न सक्छन। वित्तिय संस्थाबाट सहयोग पाइएला। आत्मबल बढाएर काम गरेमा असफल भइनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज स्वास्थ्य प्रति बढी सजगता अपनाउनु। धर्मकर्म तथा समाजसेवामा मन जानेछ। भाग्यले विभिन्न अवसरहरु दिनेछन।

तुला - तपाइको आज आत्मबल बढाएर काम गरेमा सफल भइएला। आजको तपाइएको दिन लाभहानी, आयव्यय र सुखदुःख बराबरी मध्यम खालको छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश होला।

वृश्चिक  तपाईको आज राजनैतिक कार्यमा सफलता पाइनेछ। विशिष्ट व्यक्तिको साथ पाइने तथा दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। कार्यमा सफलता पाइएला।

धनु  तपाइको आज गरेको कार्यमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नुका साथै व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। विद्या र बुद्धिको विकास होला।

मकर - मकर राशीका तपाइको आज नयाँ कामको थालनी होला, आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। परिवारमा सुख सन्तोष छाउनसक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्नसक्छ।  मनमा दुबिधा उत्पन्न होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आर्थिक कारोबारमा मन्दी आउला।

मिन – तपाइको आज दैनिक कार्यमा प्रगति होला। कुनै कुराले मनमा शान्ति छाउनसक्छ। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। नसोचेको ठाउँबाट धनागमको योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप