Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस २ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | २ पुस २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल पुस २ गते, मंसिर शुक्ल षष्ठी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज शुभकार्यको चर्चा हुनेछ। मनमा शान्तिको अनुभूति होला। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनसक्छ।

वृष – तपाइको आज प्रेमीको सहयोग प्राप्त होला। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने र प्राविधिक कार्यमा सफलता पाइनेछ।

मिथुन - तपाईको आजको दिन भाग्यशाली हुनेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिन सक्छन। विपरीत वर्ग प्रति आकर्षण बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज साँझमा नयाँ र शुभ समाचार सुन्न पाइएला। खानेकुरा प्रति सजग रहनु होला। खर्च बढ्ने र आफूलाई कमजोर भएको महसूस हुनसक्छ।

सिंह – तपाईको आज प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ, महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नेछ। उपहार पाइने सम्भावना पनि रहेको छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज आफन्तको सल्लाह, सहयोग र हौसला पाइएला। शुभकार्यको चर्चा होला। धार्मिक तथा समाज सेवामा मन जानेछ।

तुला - तपाइको आज दाम्पत्य जीवन सुखमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। कृषि क्षेत्रबाट सफलता मिल्नसक्छ। सुखद् मिलनको योग रहेको छ।

वृश्चिक – तपाईको आज मालसामान हराउन सक्ने हुनाले होसियार रहनु होला। मन खिन्न हुने स्थिति आउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नेछ।

धनु – तपाइको आज समाजमा प्रभाव पार्न सक्नुहोला। पारिवारिक जीवन सन्तोषप्रद रहने र आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

मकर - मकर राशीका तपाइको आजको दिन सकारात्मकता नै हुनेछ, धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइने र पारिवारिक जीवन प्रणय सम्बन्ध राम्रो होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ ज्ञान सिक्ने मौका पाइएला। घरपरिवारसँग समय व्यतीत हुने भने लगनशीलताले कामहरू अगाडि बढ्ने देखिन्छ।

मिन – तपाइको आज नयाँ र शुभ कार्यको योजना बन्नेछ। दैनिक व्यवहारमा खर्च बढ्ने र आफूलाई कमजोर भएको अनुभूति होला। राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप