Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन १५ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | १५ साउन २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल साउन १५ गते, साउन शुक्ल  त्रयोदशी तिथी सोमाबार । आज साउन १५, खिर खाने दिन । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा र व्यापार व्यवसायमा सफलता पाइनेछ। लाभदायक यात्रा पनि होला।

वृष - तपाईलाई आज सहकर्मीबाट विरोध आउनसक्छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्ने छैन। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत रहेको छ।

मिथुन - तपाईको आज भाग्यले विभिन्न अवसर दिनेछ। मनमा शान्ति छाउला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ला। घरमा अतिथिको आगमन होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभारम्भको चर्चा हुने, नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने, धार्मिक क्षेत्रमा रुचि बढ्ने, आँटेको काम पुरा हुन सक्ने समय छ।

सिंह – तपाईको आज समाजसेवामा मन जाने, नयाँ काम सुरु गर्ने, चलाखीपूर्ण बोलीले काम बन्न सक्ने, भाग्यले विभिन्न अवसर जुराउने समय छ।

कन्या - कन्या राशीका तपाईको आज सानातिना समस्यामा अल्झनुपर्ला। धैर्य एवं लगनशीलताले अवसर दिनेछ। पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै रहनेछ।

तुला - तपाइको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। साथीभाइले पनि राम्रै सहयोग दिनेछन। वाहन र भूमिबाट लाभ पनि हुनेछ।

वृश्चिक – तपाईको आज महत्त्वपूर्ण कामको थालनी होला। सामाजिक क्षेत्रमा सफलता पाइएला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला र यात्रा पनि हुने सम्भावना छ।

धनु – तपाइको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ । घरमा अतिथिको आगमन होला। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहला।

मकर - मकर राशीका तपाइको आज शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्न सक्छ। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज रोकिएका काम पुनः सुरु हुनेछन। आर्थिक कारोबारमा सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला र यात्रा पनि हुनसक्छ।

मिन – तपाइको आज शुभारम्भको चर्चा हुने, नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने, सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने, धार्मिक कार्यमा सहभागी भइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप